२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

निर्वाचन आचारसंहिता ०८२ स्वीकृत

निर्वाचन आचारसंहिता ०८२ स्वीकृत

शनिवार, पौष १२ २०८२
शनिवार, पौष १२ २०८२
  • काठमाडौं–निर्वाचन आयोगले फागुन २१ गतेदेखि हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता ०८२ स्वीकृत गरेको छ।
    शनिबार बसेको आयोगको बैठकले आचारसंहिताको मस्यौदालाई अन्तिम रूप दिँदै स्वीकृत गरेको हो।
    निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न निर्वाचन आचारसंहिता–२०८२ जारी गरिएको आयोगले जनाएको छ।
    निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले अधिकार प्रयोग गरी आयोगले आचारसंहिता जारी गरिएको हो।
    आचारसंहितामा १० वटा परिच्छेद र पाँच वटा अनुसूची छन्। यो आचारसंहिता जारी भएसँगै निर्वाचन आचारसंहिता २०७९ खारेज गरिएको आयोगले जनाएको छ।
    जारी आचारसंहिता उल्लङ्घन गर्नेको नाम सार्वजनिक गरिने, विद्युतीय माध्यम वा सूचना प्रविधिको उपयोग गर्न सकिने व्यवस्था गरिएको छ।
    आचारसंहितामा निर्वाचन घोषणापत्र सार्वजनिक गरिनुपर्ने व्यवस्थासमेत गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend