२०८३, आश्विन ८ गते

समय लोड हुँदैछ...

सर्वोच्च अदालतको निर्णय

चालु मुद्दाको हदम्याद, तारेख र म्याद थप गर्न अनुमति

चालु मुद्दाको हदम्याद, तारेख र म्याद थप गर्न अनुमति

यसअघि एक महिना मंसिर मसान्तसम्म दिएको समय बढाएर ६० दिन अर्थात् पुस मसान्तसम्म गरिएको हो

आइतवार, पौष १३ २०८२
आइतवार, पौष १३ २०८२
  • काठमाडौँ- सर्वोच्च अदालतले चालु मुद्दाको हदम्याद, तारेख र म्याद थप गर्न अनुमति दिने निर्णय गरेको छ। अदालतको निर्णयसँगै अब यही पुस मसान्तसम्म चालु मुद्दाको हदम्याद, तारेख र म्याद थाप्न सकिनेछ।
    प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरू कुमार रेग्मी, हरिप्रसाद फुयाल, मनोजकुमार शर्मा, नहकुल सुवेदी, तिलप्रसाद श्रेष्ठ, विनोद शर्मा, शारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनीलकुमार पोखरेल, बालकृष्ण ढकाल, नृपध्वज निरौला, नित्यानन्द पाण्डेय, मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापासहित १९ जनाको बृहत् पूर्ण इजलासले आइतबार यस्तो अनुमति दिएको हो।
    सर्वोच्चका कर्मचारी बालाजीप्रसाद पाण्डेयलगायतले पेस गरेको प्रतिवेदनमाथि आज प्रधानन्यायाधीशसहित सम्पूर्ण न्यायाधीशको इजलास नै गठन गरेर यसअघि एक महिना मंसिर मसान्तसम्म दिएको समय बढाएर ६० दिन अर्थात् पुस मसान्तसम्म गरिएको हो।
    सर्वोच्चका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार मंसिर मसान्तसम्म मुद्दाको हदम्याद, तारेख र म्याद थाप्न सकिने निर्णय भएकामा अब पुस मसान्तसम्म म्याद थाम्न सकिने भएको छ। यसअघि १ देखि ३० मंसिरसम्म एक महिना हदम्याद, म्याद र तारेख थाम्न सकिने व्यवस्था गरिएको थियो। आदेशको लिखित सोमबार आउनेछ।
    गत २४ भदौमा अदालतमा आगजनी भएर नष्ट भएका मुद्दाको कागजात सङ्कलन गर्ने समय थप गरी ६० दिन हुनेछ। आगजनी र तोडफोडमा सर्वोच्चका सबैजसो कागजात जलेर नष्ट भएका थिए। अदालतले मुद्दाका पक्ष एवं सरोकारवालालाई सम्बन्धित मुद्दाको कागजात जुटाउन सहयोगका लागि आह्वान गरेको थियो। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend