२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

प्रधानमन्त्री कार्कीको राजिनामा माग्दै जेनजीले सिंहदरबार घेरे

प्रधानमन्त्री कार्कीको राजिनामा माग्दै जेनजीले सिंहदरबार घेरे

सोमवार, पौष १४ २०८२
सोमवार, पौष १४ २०८२
  • काठमाडौं– जेनजी आन्दोलनको मर्म अनुसार काम गर्न नसकेको भन्दै जेनजीहरुको एक समुहले सोमबार प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग्दै सिंहदरबार घेराउ गर्न पुगेका छन् ।
    अहिले उनीहरू सिंहदरबार गर्न दक्षिण गेटमा पुगिसकेको सोडारीले बताए । 
    “जेनजीको भावनाअनुसार यो सरकार चल्न सकेन । सहिदहरूको रगतमाथि राजनीति भयो । त्यसैले प्रधानमन्त्रीविरुद्ध सिंहदरबार घेराउ गर्न लागेका हौँ,” उनले भने । 
    गत शुक्रबार संयुक्त जेनजी आन्दोलनमा अभियन्ताहरूले प्रधानमन्त्री कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल र सुधन गुरुङविरुद्ध नाराबाजी गर्दै राँकेजुलुस निकालेका थिए ।
    असन्तुष्ट समूहलाई समर्थन गर्दै निकोलस भुसाल अहिले माइतीघर मण्डलामा अनिश्चितकालीन अनसन बसिरहेका छन् । 
    त्यतिबेला सोडारी, सुनिल सिंह, प्रकाश रावल, अर्जुनजंग मल्ल, सुशील बुढाथोकी र वीरजंग विकलाई प्रहरीले लखेटेर अनामनगर पुर्‍याएको थियो ।
    जेनजी अगुवा मिराज ढुंगानाको यस आन्दोलनका संयोजक हुन् । यद्यपि, उनी आज उपस्थित भएका छैनन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend