२०८३, आश्विन ८ गते

समय लोड हुँदैछ...

रास्वपामा समानुपातिकको आन्तरिक छनोट

शीर्ष तीनमा रमेश प्रसाईंदेखि रञ्जु दर्शनासम्म

शीर्ष तीनमा रमेश प्रसाईंदेखि रञ्जु दर्शनासम्म

सोमवार, पौष १४ २०८२
सोमवार, पौष १४ २०८२
  • काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिकको आन्तरिक उम्मेदवार छनोटमा शीर्ष स्थानमा पर्नेहरुको सूची तयार भएको छ । आन्तरिक मतदानमार्फत ६ क्लस्टरमा उम्मेदवारका आकांक्षीहरुको सूची तयार पारिएको हो ।

    शीर्ष तीनमा पर्नेहरुको सूची अनुसार, आदिवासी जनजातितर्फ १६ हजार १२ मतसहित उत्तमबहादुर गुरुङ पहिलो, सत्यकला राई १४ हजार २०१ मतसहित दोस्रो र टासी ल्हाजोम १३ हजार ७२ मतसहित तेस्रो स्थानमा छन् । ल्हाजोमलाई सुशीला कार्की नेतृत्वको सरकारमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बनाउने प्रस्तावसमेत गरिएको थियो । तर, अन्तिम समयमा रद्द भएको थियो ।
    खस आर्यतर्फ १८ हजार २२३ मतसहित रमेश प्रसाईं पहिलो, प्रमोद न्यौपाने १४ हजार १६७ मतसहित दोस्रो र रञ्जु दर्शना १३ हजार ५५१ मतसहित तेस्रो नम्बरमा छन् ।
    दलिततर्फ १३ हजार १४३ मतसहित विजय जैरु, दोस्रोमा १३ हजार ७३ मतसहित अमृत विक र तेस्रोमा १२ हजार ८५६ मतसहित सबिना विश्वकर्मा छन् ।
    थारुतर्फ १७ हजार ४२५ मतसहित प्रेमलाल चौधरी, १३ हजार ६१३ मतसहित चुमान चौधरी, १३ हजार ५३५ मतसहित पुष्पाकुमारी चौधरी छन् ।
    मुस्लिमतर्फ १५ हजार ९६७ मतसहित समिना मियाा, दोस्रोमा १५ हजार १५७ मतसहित अख्तर हुसेन र तेस्रोमा १४ हजार ४६३ मतसहित मोहम्मद हसरत अली छन् ।
    मधेशतर्फ १५ हजार ७४५ मतसहित पुनम कुमारी अग्रवाल पहिलो, १२ हजार ३२२ मतसहित डा. अंकिता ठाकुर दोस्रो र ११ हजार ६३० मतसहित ममता शर्मा तेस्रो स्थानमा छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend