काठमाडौँ -ऊर्जामन्त्री कुलमान घिसिङलाई रास्वपामा दोस्रो वरीयतासहित उपसभापति पद दिइने भएको छ । यसअघि नै रास्वपामा गइसकेका काठमाडौंका मेयर बालेन्द्र शाहलाई साक्षी राखेर कुलमानलाई सभापति रवि लामिछानेपछि दोस्रो वरीयता दिइएको हो ।
सहमतिको बुँदा नम्बर ४ मा भनिएको छ, -राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र उपसभापति कुलमान घिसिङ, डीपी अर्याल र स्वर्णिम वाग्ले रहने ।
मेयर बालेन्द्रले कुलमानसँगको सहमतिपछि फेसबुकमा लेखेका छन्, म नेपाल हाँसेको हेर्न चाहन्छु । बालेनले केही समयअघि म हाँसेको हेर्न चाहन्छुु नामक गीत युट्युबबाट रिलिज भएको थियो । उक्त गीत १० वर्षअघि नै रिलिज भए पनि पुनः रिभाइज गरेर लाज शरणम फिल्मका लागि बनाइएको थियो ।