२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

निर्वाचन आयोगमा समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची

९ दलले उम्मेदवारको बन्दसूची र ४६ दलले शुल्क बुझाए

९ दलले उम्मेदवारको बन्दसूची र ४६ दलले शुल्क बुझाए

सोमवार, पौष १४ २०८२
सोमवार, पौष १४ २०८२
  • काठमाडौँ – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि दलहरूले निर्वाचन आयोगमा समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाउने क्रम जारी छ।

    हालसम्म केही दलले उम्मेदवारको बन्दसूची बुझाइसकेका छन् भने केहीले उम्मेदवारी दर्ताका लागि शुल्क (धरौटी) बुझाएका छन्। निर्वाचन आयोगका अनुसार ४६ वटा दलले शुल्क बुझाएका छन्।

    आयोगका अनुसार हालसम्म ९ दलले उम्मेदवारको बन्दसूची बुझाइसकेका छन्। नेपाल मजदूर किसान पार्टीले ११० उम्मेदवारको सूची बुझाएको छ। यस्तै, नेपाल लोकतान्त्रिक पार्टीले १२ जना र राष्ट्रिय जनमोर्चा- ११० जना उम्मेदवारको सूची बुझाएको छ। यी तीन दलले आइतबार नै बन्दसूची बुझाएका थिए।

    आज जनप्रिय लोकतान्त्रिक पार्टीले १२ जना, नेपाल कम्युनिस्ट पार्टी माक्सवादी (पुष्पलाल)ले २० जना, गतिशील लोकतान्त्रिक पार्टीले ११ जना, जनता समाजवादी पार्टी, नेपाल १०१ जना, समावेशी समाजवादी पार्टीले ३१ जना र समावेशी समाजवादी पार्टी, नेपालले १२ जना उम्मेदवारको सूची बुझाएको छ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend