२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

रास्वपाले मध्यराति निर्वाचन आयोगमा बुझायो समानुपातिकको बन्द सूची

रास्वपाले मध्यराति निर्वाचन आयोगमा बुझायो समानुपातिकको बन्द सूची

मंगलवार, पौष १५ २०८२
मंगलवार, पौष १५ २०८२
  • काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मध्यराति निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्द सूची बुझाएको छ ।  
    आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मध्यराति समानुपातिक सूचीसहित रास्वपाका नेताहरु आयोग पुगेका हुन् ।
    सोमबारमात्रै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, कुलमान घिसिङ, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच सहमति भएको थियो । सहमतिअनुसार रवि, कुलमान र बालेनले रास्वपाबाटै चुनाव लड्ने भएका हुन् । 
    कुलमानका १८, बालेनका ४० जना समानुपातिक उमदेवार पाउने भएका छन् । रास्वपाको समानुपातिक बन्दसूचीमा क्रिकेटर ज्ञानेन्द्र मल्लदेखि गायक प्रकाश सपूतसम्म छन् । 
    रास्वपाले आसिफ साह, रिमा विश्वकर्मा, मोहना अन्सारी, समीक्षा बास्कोटा, रन्जु दर्शना, प्रमोद न्यौपानेसहित जेनजीलाई पनि समानुपातिक सूचीमा समावेश गरेको छ । ra 1.jpg

    ra 2.jpg

    ra 3.jpg

    ra 4.jpg

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend