२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

६४ दलले सूची बुझाए समानुपातिक बन्द सूची

६४ दलले सूची बुझाए समानुपातिक बन्द सूची

मंगलवार, पौष १५ २०८२
मंगलवार, पौष १५ २०८२
  • काठमाडौँ-आउँदो प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ६४ दलले समानुपातिक प्रणालीतर्फको बन्द सूची पेस  गरेका छन्। 

    निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले मंगलबार जारी प्रेस विज्ञप्तिमा कुल ६४ दलले सूची बुझाएकामा ५८ दलले चुनाव चिह्न पाएको उल्लेख गरिएको छ। सूची बुझाएकामध्ये १० वटा राजनीतिक दलले ४ वटा एकल चिह्नमा चुनवा लड्ने छन्। 

    जस अनुसार बस चिह्न लिएर नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल र नेपाल जनजागृति पार्टीले चुनाव लड्ने छन्। त्यस्तै जाँतो एकल चिह्नमा राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी नेपालले चुनाव लड्ने छन्। मोबाइल एकल चिह्नमा आम जनता पार्टी र जनतादेश पार्टीले चुनवामा भाग लिने छन्। जगर भएको सिंह चुनाव चिह्नबाट सचेत नेपाली पार्टी र नागरिक सर्वोच्चता पार्टी नेपालले चुनाव लड्ने छन्। 

    आयोगले यही पुस १३ र १४ गतेका लागि बन्द सूची बुझाउने कार्यतालिका निर्धारण गरेको थियो। सोमबार राति अबेर र आज बिहानसम्म गरेर कुल ६४ राजनीतिक दलले बन्द सूची बुझाएका थिए। दर्ता भएका बन्द सूचीका सम्बन्धमा यही पुस १५ देखि २० गतेसम्म आयोगले छानबिन गर्ने कार्यतालिका रहेको छ।

    हेर्नुहोस् सूची :

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend