काठमाडौँ नेपाल मेडिकल काउन्सिलको निर्वाचनबाट उपाध्यक्ष पदमा डा. कुञ्जाङ शेर्पा विजयी भएका छन्। वीर अस्पतालमा कार्यरत शेर्पा यसअघि काउन्सिलको सदस्य थिए।
काउन्सिलको मंगलबार सम्पन्न मतगणना अनुसार डा. शेर्पाले डा. गुरुशरण साहलाई पराजित गर्दै उपाध्यक्षमा विजयी भएका हुन ।
यस्तै आठ सदस्यमा डा. छविलाल पन्थी, डा. सारिका गोइत, डा. दीपेन्द्र पाण्डे, डा. युविनकुमार यादव, डा. अस्मिता पोखरेल, डा. सम्राट पराजुली, डा. नीना राई र डा. रविन बस्नेत निर्वाचित भएका छन्।
निर्वाचित उपाध्यक्ष र सदस्यहरूको पदावधि ४ वर्षको रहने व्यवस्था छ।