२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

रवि, बालेन र कुलमानको एकतालाई ओलीले भने–कुखुरा, बाख्रा र स्यालको मोर्चा

रवि, बालेन र कुलमानको एकतालाई ओलीले भने–कुखुरा, बाख्रा र स्यालको मोर्चा

मंगलवार, पौष १५ २०८२
मंगलवार, पौष १५ २०८२

  • काठमाडौँ – एमाले अध्यक्ष केपी ओलीले एकजुट भएका रवि लामिछाने, बालेन शाह र कुलमान घिसिङलाई कुखुरा, बाख्रा र स्यालको मोर्चा भनेर कटाक्ष गरेका छन्।

    मदन आश्रित स्मृति प्रतिष्ठानले मंगलबार आयोजना गरेको एमाले महाधिवेशनको सन्देश र राजनीतिक निकास विषयक गोप्ठीमा ओलीले एमाले कांग्रेससँगको प्रतिस्पर्धालाई बाघसँग तुलना गरेका हुन्।

    आइतबार र सोमबार बालेन र घिसिङले रास्वपासँग एकता गर्ने निर्णय गरेका छन्। त्यसप्रति लक्षित गर्दै ओलीले कुखुरा, बाख्रा र स्यालको मोर्चाको संज्ञा दिएका हुन्।

    ओलीले भने, ‘कुखुराले मोर्चा गरेर, बाख्राले मोर्चा गरेर, स्यालले मोर्चा गरेर बाघको, सिंहको शिकार हुन्छ ? मुकाविला हुन्छ ?’ उनले विशाल एमाले र कांग्रेसँग अरुले प्रतिस्पर्धा नै गर्न नसक्ने ठोकुवा गरे। ‘यसो हेर्छन् विशाल एमाले देखेपछि अनि तिमी र म मिल्यो भनेको छ। ऊ सँग पनि मिलौ भनेको छ । यसो हेर्‍यो विशालकाय एमाले छ । भिँड्नु त्योसँग छ । अनि लौन मिलू भनेर, ओलीले अगाडि भने, ‘अनि यसो हेर्छन् नेपाली कांग्रेस छ ।’

    ओलीले आफूहरु फागुन २१ गतेको चुनाव पर्खिरहेको दाबी समेत गरे। केही दिनअघिसम्म चुनाव हुनै नसक्ने बताउँदै आएका ओलीले मंगलबार भने आफूहरु फागुन २१ गतेको पर्खाइमा रहेको जनाए। उनले भने, ‘हामी चुनाव पर्खिराखेका छौँ । कहिले होला ? फागुन २१ मा होला ? वा वैशाखमा होला । वा अर्को मंसिरमा होला । हामी चुनाव पर्खिरहेका छौँ।’

    ओलीले आफ्नो पार्टीको ११औँ महाधिवेशनले धेरै कुराको जवाफ दिएको बताए। ओलीले दुब्लाको काम नै मोर्चा गर्ने दाबी गरे। एमाले कांग्रेसलाई महासागरसँग तुलना गर्दै उनले भने, ‘घैँटामा बोकेको पानीले महासागरसँग कसरी प्रतिस्पर्धा सम्भव हुन्छ ?’

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend