२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

कांग्रेसमा केसीको रजगज

७८ बर्षका अर्जुननरसिंह समानुपातिक सूचीमा बसेपछि आलोचना

७८ बर्षका अर्जुननरसिंह समानुपातिक सूचीमा बसेपछि आलोचना

बुधवार, पौष १६ २०८२
बुधवार, पौष १६ २०८२
  • काठमाडौँ - नेपाली कांग्रेसको राजनीतिमा रहेर सत्ता र शक्तिको स्वाद लिइरहने अर्जुननरसिंह केसी ७८ बर्षको उमेरमा फेरि समानुपातिक सूचीमा बसेका छन । पार्टीभित्र  पुस्तान्तरण, नेतृत्व परिवर्तन र युवालाई अवसर दिनुपर्ने मुद्दा उठाउँदै पार्टी सभापति शेरबहादुर देउवामाथि सधैं आलोचना गर्ने केसी यसअघि पाँच पटक मन्त्री भइसकेका पात्र हुन । पंचायतकालदेखि निर्वाचन लड्दै मन्त्री बन्दै आएका केसी बुढ्यौली उमेरमा पनि समानुपातिक सूचीमा बस्नुले उनको व्यक्तिवादी राजनीतिक चरित्र प्रष्ट भएको छ । 
    राजनीतिक अवसर नपाएर किनारमा परेकालाई माथि ल्याउने सैद्धान्तिक मान्यता राखेर व्यवस्था गरिएको समानुपातिक सूचीमा पाँच पटक मन्त्री भइसकेका र सबैभन्दा बढी चुनाव लडेका केसीको नाम परेकामा कांग्रेसमा चर्को आलोचना भएको छ । पुस्तान्तरणको कुरा गर्ने तर आफैं पालो नछाड्ने भन्दै उनको बोली र व्यवहारलाई लिएर आलोचना बढेको हो ।
    विद्यार्थी राजनीतिमा केसी कांग्रेसमा थिए । पछि उनी पंचायत पसे । त्यसपछि २०३८ सालमा राष्ट्रिय पंचायतमा पहिलो चुनाव लडेका थिए । चुनाव जितेपछि उनी राज्यमन्त्री समेत भए । त्यसपछि पंचायतकै बेला २०४३ सालमा दोस्रोपटक चुनाव लडे तर हारे । त्यसपछि ०४५ सालमा जिल्ला पंचायतको सभापति भए । पंचायतकाकालमा तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाको नजिक भएर उनले काम गरेका थिए । ०४६ सालपछि उनी कांग्रेस फर्किएका हुन् ।
    २०४८ र २०५१ सालको प्रतिनिधि सभा निर्वाचनमा उनी नुवाकोटबाट निर्वाचित भएका थिए । ०७० को संविधानसभा निर्वाचनमा प्रत्यक्ष चुनाव जितेर फेरि संसद् पुगे । २०७९ सालको निर्वाचनमा पनि उनी प्रतिनिधिसभा सदस्य भए । सार्वजनिक मञ्च र पार्टी बैठकहरूमा पटक–पटक देउवालाई लक्षित गर्दै नेतृत्व पुस्तान्तरणको मुद्दा उठाइरहेन केसी निर्वाचनका बेलामा भने कुनै न कुनै बाटोबाट हरेक पटक संसद्‍मा पुग्ने बाटो खोजिरहन्छन् ।
    ०६४ को संसद‍्देखि नै समानुपातिक सूचीमा रहेकालाई यसपटक अवसर नदिने नीति बनाएर सकारात्मक सन्देश दिन खोजेको कांग्रेसले पटक–पटक मन्त्री भएका र राजनीतिको केन्द्रीय तहमा रहेकालाई भने रोक्न सकेन ।
    नुवाकोटबाट–२ बाट भाइ जगदीश्वर केसीलाई प्रत्यक्षबाट सिफारिस गरेर केसीले आफ्नो नाम समानुपातिक सूचीमा राख्न लगाएका थिए । समानुपातिक सूचीतर्फ खस आर्य ‘क्लष्टर’मा उनको नाम पहिलो नम्बरमा समावेश छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend