२०८३, आश्विन ८ गते

समय लोड हुँदैछ...

टिपरको ठक्करवाट मोटरसाइकल चालकको मृत्यु

टिपरको ठक्करवाट मोटरसाइकल चालकको मृत्यु

बुधवार, पौष १६ २०८२
बुधवार, पौष १६ २०८२
  • हेटौंडा -धरान–चतरा सडक खण्डमा पर्ने हेटौंडा उपमहानगरपालिका–१६ स्थित सिपाली चोकमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
    हेटौंडाबाट ठूलोदमारतर्फ गइरहेको प्रदेश ०३–००१ क ०१४३ नं.को १० चक्के टिपरले बागमती प्रदेश०३–००३ प ३१९२ नम्बरको मोटसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक हेटौंडा उपमहानगरपालिका–१७ का ४२ वर्षीय मान बहादुर मानन्धरको मृत्यु भएको हो ।
    टिपरको ठक्करबाट घाइते भएका मानन्धरको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचारको क्रममा मंगलबार राति मृत्यु भएको हो । मोटरसाइकल पनि हेटौंडाबाट ठूलोदमारतर्फ गइरहेको अवस्थामा टिपरले ठक्कर दिएर भागेको थियो ।

    प्रहरीले तत्कालै खोजतलास गरेर टिपर नियन्त्रणमा लिएको र टिपरका चालक मकवानपुर गढी गाउँपालिका–७ का तिलकवहादुर पाख्रिन प्रहरीको सम्पर्कमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता पुस्कर बोगटीले बताए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend