२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

ग्याँस टयाकंर पल्टिएर अबरुद्ध चन्द्रनिगाहपुर–निजगढ सडकखण्ड २४ घण्टापछि खुल्ला

ग्याँस टयाकंर पल्टिएर अबरुद्ध चन्द्रनिगाहपुर–निजगढ सडकखण्ड २४ घण्टापछि खुल्ला

बुधवार, पौष १६ २०८२
बुधवार, पौष १६ २०८२
  • रौतहट– ग्याँस टयाकंर पल्टिएर अबरुद्ध बनेको पूर्वपश्चिम राजमार्ग अन्र्तगत रौतहटको चन्द्रनिगाहपुर–निजगढ सडकखण्ड झन्डै २४ घण्टापछि खुलेको छ ।
    मंगलबार बिहान करिब ७.५० बजेदेखि राजमार्गमा ट्याकंर पल्टिएर मुख्य राजमार्ग बन्द भएपछि विकल्पको रुपमा सवारी साधनहरु लामो र घुमाउरो ग्रामिण सडक प्रयोग गर्न बाध्य भएका थिए ।
    क्रेनको सहायताले ग्याँस बुलेटलाई किनारा लगाएपछि बुधबार बिहान साढे ७ बजेदेखि राजमार्ग दुईतर्फी खुलेको जिल्ला ट्राफिक कार्यालयका निरीक्षक राजेन्द्र थापामगरले जानकारी दिए ।
    दुर्घटनापछि ग्याँस चुहिएकाले आगलागीको जोखिम भएको भन्दै दमकलले पानी हाल्दै दुईवटा क्रेनले बुलेट उठाइएको थियो । कालोपत्रे राजमार्ग पनि पानीको फोहोरा हानेर सफा गरिएको छ । ग्याँस बुलेट भने सडकको किनारमा राखिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend