२०८३, आश्विन ८ गते

समय लोड हुँदैछ...

बन्दसूचीमाथिको छानबिन आजदेखि सुरु

बन्दसूचीमाथिको छानबिन आजदेखि सुरु

बुधवार, पौष १६ २०८२
बुधवार, पौष १६ २०८२
  • काठमाडौँ- निर्वाचन आयोगले समानुपातिकतर्फको उम्मेदवारीको बन्दसूचीमाथिको छानबिन आजदेखि सुरु गरेको छ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ६४ दलले पेस गरेको समानुपातिक प्रणालीतर्फको बन्द सूचीको छानबिन शुरु भएको हो ।
    ६४ राजनीतिक दलमध्ये २२ दलले मात्रै ११० स्थानमा उम्मेदवारी दिएका छन् । समानुपातिकतर्फको निर्वाचनको लागि ५८ वटा निर्वाचन चिन्हमा मतदान हुने निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराइले जानकारी दिनुभयो ।
    निर्वाचन आयोगले निर्धारण गरेको समयसिमा भित्र ६४ राजनीतिक दलले १ सय १० सदस्य चयनका लागि ३ हजार ४ सय २४ जनाको बन्द सूचि पेस गरेका हुन् ।
    निर्वाचन आयोगका अनुसार बन्दसूचि पेस गर्ने ५४ राजनीतिकदलले आ(आफ्नै निर्वाचन चिन्हमा प्रतिश्पर्धा गर्ने छन् भने १० राजनीतिक दलले ४ वटा निर्वाचन चिन्हमा प्रतिश्पर्धा गर्ने भएका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend