२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

डोल्पामा स्थानीय र प्रहरीबीचको विवाद

एक स्थानीयसहित चार जना प्रहरी बेपत्ता

एक स्थानीयसहित चार जना प्रहरी बेपत्ता

अहिले पनि सशस्त्र प्रहरी र नेपाल प्रहरीका विभिन्न युनिटबाट ठूलो सङ्ख्यामा प्रहरीहरु घटनास्थलमा परिचालन गरिएको छ ।

शनिवार, पौष १९ २०८२
शनिवार, पौष १९ २०८२
  • डोल्पा - हिमाली जिल्ला डोल्पामा स्थानीय र प्रहरीबीचको विवादले उग्ररूप लिएको छ । त्रिपुरासुन्दरी नगरपालिका-५ मा पर्ने इलाका प्रहरी कार्यालय खदाङ्ग र सोही वडामा पर्ने ल्हाँ गाउँका स्थानीयबीच भएको विवादले उग्ररूप लिएको हो ।
    दोहोरो विवादले उग्ररूप लिएपछि ल्हाका स्थानीयले चौकी तोडफोड गरेका छन् भने एक स्थानीयसहित चार जना प्रहरी बेपत्ता भएका छन् ।
    शुक्रबार साँझ ल्हाँ गाउँका ३४ वर्षीय स्थानीय युवा जुन रोकायलाई चौकी नजिकैको छेप्के पुलमा प्रहरीले लागूऔषधको ओसारपसारमा संलग्न रहेको आशंकामा चेकजाँच गर्न खोजेपछि विवाद उत्पन्न भएको थियो । प्रहरीले चेकजाँच गर्न नपाउँदै रोकाय आत्तिएर ठूलो भेरी नदीमा हाम फालेपछि बेपत्ता भएको प्रहरीले जनाएको छ ।
    दुई दिनदेखि जारी स्थानीय र प्रहरीबीचको विवाद अझै साम्य नभएपछि शनिबार स्थानीय आक्रोशित भएर प्रहरी चौकी नै तोडफोड गरेका छन् । स्थानीय र प्रहरीको विवादमा परेर चौकीमा खटिएका दश जना प्रहरीमध्ये तीन जना घाइते भएको र एक स्थानीय युवासहित चार जना प्रहरी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक रुकबहादुर खड्काले जानकारी दिए ।
    उनका अनुसार ‘बेपत्ता युवाले एक ट्रक ड्राइभरलाई ब्राउन सुगर बुझाउँदै छन् भन्ने सूचना थियो । सो सूचनाका आधारमा प्रहरीले चौकी भन्दा टाढा नै चेकजाँच सुरु गरेको थियो । तर, प्रहरीले उनलाई चेकजाँच गर्न नपाउँदै आत्तिएर भेरीमा हाम फालेका हुन्,’ डीएसपी खड्काले भने ।
    ‘सो घटनाका विषयमा विस्तृत अनुसन्धान त हुन्छ नै । स्थानीय र प्रहरीबीच वार्ता गर्नका लागि स्थानीयहरू जिल्लातर्फ आउँदै छन् । सहमति के हुन्छ, अहिले नै भन्न सकिँदैन ।’ स्थिति असामान्य बनेपछि डीएसपी खड्का आफैं घटनास्थलतर्फ खटिए पनि वार्ता गर्ने भनेपछि बीच बाटोबाटै फर्किएका छन् ।
    अहिले पनि सशस्त्र प्रहरी र नेपाल प्रहरीका विभिन्न युनिटबाट ठूलो सङ्ख्यामा प्रहरीहरु घटनास्थलमा परिचालन गरिएको छ । यता स्थानीयले भने प्रहरीका कारण रोकाय बेपत्ता भएको भन्दै यथाशीघ्र सकुशल ल्याउन माग गरेका छन् ।
    लागूऔषध कारोबार हुँदैछ भन्ने सूचना प्रहरीले एक साताअघि नै पाएपछि दुईरतीन दिनदेखि प्रहरीलाई सादा पोसाकमा घटनास्थलमा खटाइएको स्रोतले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend