२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

अमेरिकी सैन्य कारवाहीमा भेनेजुएलामा ३२ सेना र प्रहरी अधिकारीको मृत्यु

अमेरिकी सैन्य कारवाहीमा भेनेजुएलामा ३२ सेना र प्रहरी अधिकारीको मृत्यु

सोमवार, पौष २१ २०८२
सोमवार, पौष २१ २०८२
  • काठमाडौं- क्युबाले भेनेजुएलामा अमेरिकी सैन्य कारवाहीमा ३२ जना आफ्नो सेना र प्रहरी अधिकारीको मृत्यु भएको पहिलोपटक आधिकारिक रूपमा पुष्टि गरेको छ ।
    क्युबाली अधिकारीहरू भेनेजुएलाको सरकारको अनुरोधमा त्यहाँ सुरक्षा र सैन्य कार्यमा संलग्न थिए । क्युबाली सरकारी टेलिभिजनमार्फत जारी विज्ञप्तिमा भनिएको छ, “हाम्रा नागरिकहरूले आफ्नो जिम्मेवारी इमानदारी र वीरतापूर्वक पूरा गरे । उहाँहरू प्रत्यक्ष लडाइँ वा सुविधामा भएको बमबारीमा ज्यान गुमाए । उहाँहरूले आफ्नो कर्तव्य सम्मानपूर्वक निर्वाह गरे ।”
    घटनापछि क्युबाले दुई दिनको राष्ट्रिय शोक घोषणा गरेको छ । हाभानामा सार्वजनिक कार्यक्रम र सरकारी समारोहहरू स्थगित गरिएका छन ।
    त्यसो त अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को पक्षमा धेरै जनाको मृत्यु भएको र आफ्नो पक्षमा कसैको पनि मृत्यु नभएको दावी गर्नुभएको थियो ।
    क्युबा र भेनेजुएला लामो समयदेखि नजिकका राजनीतिक र सैन्य सहयोगी रहेका छन् । क्युबाले भेनेजुएलामा सुरक्षा, सेना र प्रहरी अधिकारी पठाउँदै आएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend