२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

सामाजिक सद्भावमा आँच पुर्‍याउनेलाई कारबाही गर्ने गृह मन्त्रालयले चेतावनी

सामाजिक सद्भावमा आँच पुर्‍याउनेलाई कारबाही गर्ने गृह मन्त्रालयले चेतावनी

मंगलवार, पौष २२ २०८२
मंगलवार, पौष २२ २०८२
  • काठमाडौँ-सामाजिक सद्भाव र मर्यादामा आँच पुर्‍याउने जोकोहीलाई कारबाही गर्ने गृह मन्त्रालयले चेतावनी दिएको छ।
    पछिल्लो समय तराई एवं मधेसका केही जिल्लामा धार्मिक सहिष्णुता तथा सद्भावमा गम्भीर असर पर्ने गरी केही व्यक्तिले सामाजिक सञ्जालको प्रयोग गरी कानुनले निषेध गरेका द्वेषपूर्ण एवं भ्रामक अभिव्यक्ति दिएको भन्दै मन्त्रालयले यस्तो निर्देशन दिएको हो।
    “सामाजिक सद्भाव र मर्यादामा आँच पुर्‍याउनुका साथै सार्वजनिक शान्ति सुव्यवस्थामा नै खलल पुर्‍याउने किसिमका घटनाप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ‚” मन्त्रालयले भनेको छ।
    पछिल्लो समयमा धनुषाका विभिन्न स्थानमा सामाजिक सञ्जालको दुरुपयोग गरी निश्चित समुदाय एवं धर्म लक्षित अवैधानिक गतिविधि गर्ने‚ आपसी सामाजिक सद्भावमा खलल पुऱ्याउने‚ अमर्यादित व्यवहार प्रदर्शन गर्ने‚ आगजनी-लुटपाटजस्ता हिंसात्मक एवं सामाजिक द्वेष फैलाउने व्यक्ति तथा समूहलाई कारबाहीको प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ। 

    Home-ministry.jpg
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend