२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

राष्ट्रिय सभाको निर्वाचनका लागि पाँच दलबीच भागबन्डा

राष्ट्रिय सभाको निर्वाचनका लागि पाँच दलबीच भागबन्डा

मंगलवार, पौष २२ २०८२
मंगलवार, पौष २२ २०८२
  • काठमाडौँ -राष्ट्रिय सभाको निर्वाचनका लागि पाँच दलबीच भागबन्डा भएको छ । कांग्रेस, एमाले, नेकपा, लोसपा र जसपा नेपालबीच सिट भागबन्डा गर्ने सहमति बनेको हो । लोसपा र जसपा नेपालबीच भने केही दिन अघि एकीकरण गर्ने घोषणा गरिसकेका छन् । 
    सिट संख्या भागबन्डा मिले पनि कुन प्रदेशमा कसले कुन क्लष्टरको सिट लिने भन्नेबारेमा अझै टुंगो नलागेको कांग्रेसका एक नेताले बताए । कांग्रेस र एमालेले ७र७ सीट लिने भएका छन् । कांग्रेस नेता एनपी सावदका अनुसार कांग्रेसले प्रत्येक प्रदेशबाट १, १ सिट लिने मोटोमोटी समझदारी भएको बताए । त्यस्तैगरी नेपाली कम्युनिस्ट पार्टीले ३ सीट पाउने भएको छ ।
    पार्टी एकीकरण गर्ने घोषणा गरेका लोसपा र जसपा नेपालका लागि एक सिट छुट्टाइएको छ । कांग्रेसले उम्मेदवार छनोटका लागि बुधबार बिहान केन्द्रीय कार्यसम्पादन समितिको बैठक डाकेको छ । राष्ट्रिय सभामा फागुन २० गतेबाट १९ सांसद बिदा हुँदैछन् । त्यसमध्ये १८ सिटका लागि बुधबार मनोनयन हुँदैछ भने माघ ११ गते निर्वाचन हुँदैछ ।
    सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत भएका वामदेव गौतम पनि बिदाइ हुँदैछन् । उनको ठाउँमा सरकारले सिफारिस गर्नेछ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend