२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

राष्ट्रिय सभामा एमाले, कांग्रेस र मधेशी दलबीच समिकरण

कांग्रेसलाई ७, एमालेलाई ७ र लोसपा रजसपालाई १ सिट

कांग्रेसलाई ७, एमालेलाई ७ र लोसपा रजसपालाई १ सिट

माओवादीलाई ३ सिट दिने सहमति भएकोमा   माओवादीभित्रको आन्तरिक समिकरण मिलाउन न्यूनतम ४ सिट आवश्यक पर्ने माग आएपछि सहमति हुन सकेन ।

बुधवार, पौष २३ २०८२
बुधवार, पौष २३ २०८२
  • काठमाडौँ - राष्ट्रिय सभामा एमाले, कांग्रेस र मधेशी दलबीच मात्रै नयाँ समिकरण बनेको छ ।
    मंगलबार कांग्रेसलाई ७, एमालेलाई ७ र लोसपा रजसपालाई १ सिट दिने विषयमा मोटामोटी सहमति भएको हो । माओवादीलाई ३ सिट दिने सहमति भएकोमा   माओवादीभित्रको आन्तरिक समिकरण मिलाउन न्यूनतम ४ सिट आवश्यक पर्ने माग आएपछि सहमति हुन सकेन ।
    त्यसपछि बुधबार बिहान कांग्रेसले ९, एमालेले ८ र जसपा र लोसपाले १ सिट पाउने गरी नयाँ सहमति भएको हो । लोसपाबाट महन्थ ठाकुरको नाम सिफारिस भएको छ ।
    यसैबीच, आज बिहान बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राष्ट्रिय सभाका उम्मेदवारसमेत टुंगो लगाएको छ ।

    कहाँबाट को सिफारिसमा परे
    कोशी प्रदेशबाट सुनिलबहादुर थापा
    मधेश प्रदेशबाट धर्मेन्द्र पासवान र कर्ण रञ्जित
    वाग्मती प्रदेशबाट गीता देवकोटा
    गण्डकी प्रदेशबाट जगत तिमिल्सेना
    लुम्बिनी प्रदेशबाट चन्द्र केसी र बासुदेव जंगली
    कर्णाली प्रदेशबाट ललितजंग शाही
    सुदूरपश्चिम प्रदेशबाट खम्बबहादुर खाती
    राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज देशभर उम्मेदवारहरुको मनोनयन हुँदैछ । निर्वाचन आयोगले आगामी माघ ११ गतेका लागि राष्ट्रियसभा सदस्य निर्वाचन गर्दैछ । राष्ट्रियसभामा रिक्त हुने कूल १८ सदस्यका लागि निर्वाचन हुन लागेको हो ।
    आयोगले यसअघि यही पुस १९ गते मतदाता नामावली प्रकाशन गरिसकेको छ । यस्तै, मङ्गलबार मतदाता नामावलीमा कुनै दावी विरोध भए नभएको यकिन गरी अन्तिम मतदाता नामावली पनि सार्वजनिक गरिसकेको छ । आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend