२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

दलिय राजनीतिमा सक्रिय भएको आरोपपछि कुलमानले दिए राजिनामा

दलिय राजनीतिमा सक्रिय भएको आरोपपछि कुलमानले दिए राजिनामा

बिहिवार, पौष २४ २०८२
बिहिवार, पौष २४ २०८२
  • काठमाडौँ - दलिय राजनीतिमा सक्रिय भएको भन्दै प्रधानमन्त्री सुशीला कार्कीले राजिनामा माग गरेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले राजीनामा दिएका छन् । भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालयसमेत सम्हालेका मन्त्री घिसिङले बुधबार साँझ बालुवाटार पुगेर प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा पत्र बुझाएका हुन् । चुनाव गराउने ‘म्यान्डेट’ सहित प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा गठन भएको नागरिक सरकारका मन्त्रीहरू दलीय राजनीतिमा सक्रिय भएपछि जनस्तरबाट पटक–पटक प्रश्न उठेपछि स्वयं प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद् बैठकमा नामै तोकेर मन्त्रीहरू कुलमान घिसिङ, जगदीश खरेल र बब्लु गुप्तासँग राजीनामा मागेकी थिइन् ।
    बालुवाटारबाट फर्केपछि ऊर्जा मन्त्रालयमा कुलमानले पत्रकार सम्मेलन गरेर राजीनामा बारे आफ्नो धारणा सार्वजनिक गरेका छन ।   घिसिङले अहिलेसम्म आफू कुनै पनि पार्टीको सदस्य नभएको दोहोर्‍याएका छन् ।
    रास्वपाका उपसभापतिसमेत रहेका घिसिङले सहमति सम्बन्धित पार्टीले ‘इन्डोर्स’ नगरेको भन्दै असन्तुष्टि देखाए । मन्त्री पदबाट राजीनामा दिएपछि गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।
    “मैले कुनै पनि पार्टीको सदस्यता लिएको छैन आधिकारिक रुपमा तर त्यसको अर्थ कुनै पनि पार्टीमा मेरो सद्भाव र साथ समर्थन रहँदैन भन्ने हुँदैन,” उनले भने, “मैले आजदेखि राजीनामा दिएको छु अब म खुला भएँ । भोलिदेखि म अध्यक्ष, उपाध्यक्ष र सदस्य पनि हुन सक्छु ।”
    उनले रास्वपासँगको एकतामा आफूले सहमति नगरेको र आफूसँग सहमति नभएको बताए । “दुईवटा पार्टीको बीचमा सहमति भएको हो । मसँग सहमति भएको छैन,” उनले भने, “त्यो सहमति कार्यान्वयन भएको छैन । उपसभापति भनेर कहीँ पनि इन्डोर्स भएको छैन । सम्बन्धित पार्टीले पनि गरेको छैन । त्यो भएको हुनाले म सरकारमा रहेको हो । पहिले भएको भए मैले पहिले नै राजीनामा दिन्थेँ । उपसभापति इन्डोर्स गरेपछि हुने होला नि ? तर भएको छैन । म पहिला पनि राजीनामा दिने चरणमै थिएँ ।”
    घिसिङ अनौपचारिक रूपमा उज्यालो नेपाल पार्टीका संरक्षक थिए भने राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकीकरणपछि उनी वरिष्ठ उपसभापति भएका थिए ।
    घिसिङ गत भदौ ३० गते मन्त्री नियुक्त भएका थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend