२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

बनभोजबाट फर्किएको बस दुर्घटनामा चार यात्रुको मृत्यु

बनभोजबाट फर्किएको बस दुर्घटनामा चार यात्रुको मृत्यु

बिहिवार, पौष २४ २०८२
बिहिवार, पौष २४ २०८२
  • काठमाडौँ - बनभोजबाट फर्किएका यात्रुहरु बोकेर फर्किएदै गरेको बस काठमाडौंको शंखरापुरमा दुर्घटनाग्रस्त हुँदा चार यात्रुको मृत्यु भएको छ । 
    जर्सिङपौवाबाट साँखुतर्फ फर्कदै गरेको बस सडकबाट  तल खस्दा २२ यात्रु घाइते बनेका छन ।
    दुर्घटनामा मृत्यु हुनेमा बाँके कोहलपुरकी ४९ वर्षीया कामना शर्मा, ताप्लेजुङकी ५१ वर्षीया इन्दिरा लिम्बु र काठमाडौं पेप्सीकोला बस्ने ५५ वर्षीया शान्ति गुप्ताको पहिचान खुलेको र अन्य एक जनाको खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले वनभोज गएर फर्कँदै गरेको बा ४ ख ८७८८ नम्बरको महानगर यातायातको बस शंखरापुर नगरपालिका–३ फेदी जंगलस्थित सडकबाट करिब १०० मिटर तल खस्दा दुर्घटना भएको जानकारी दिए । 
    घाइतेहरूको शंखरापुर अस्पताल, मूलपानी नगर अस्पताल, सुष्मा कोइराला अस्पताल साँखु, नेपाल मेडिकल कलेज जोरपाटी, पिपुल्स लाइफ किएर अस्पताल, टिचिङ अस्पतालमा उपरचार भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend