२०८३, आश्विन ८ गते

समय लोड हुँदैछ...

बडुवाल हत्याकाण्डमा ६ जनालाई बाँचुञ्जेल जन्मकैदको फैसला

बडुवाल हत्याकाण्डमा ६ जनालाई बाँचुञ्जेल जन्मकैदको फैसला

मंगलवार, पौष २९ २०८२
मंगलवार, पौष २९ २०८२
  • धनगढी – कैलालीको चर्चित भुपेन्द्र बडुवाल हत्याकाण्डमा नवीन रावलसहित ६ जनालाई बाँचुञ्जेल जन्मकैदको फैसला भएको छ । कैलालीको लम्कीचुहा नगरपालिका– १ का २३ वर्षीय बडुवालको २०७८ साल कार्तिक २३ गते टीकापुर नगरपालिका– १ मा हत्या भएको थियो।
    प्रहरीले गरेको अनुसन्धानका आधारमा २६ फागुन २०७८ मा जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा २१ जनाविरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दा दायर गरेको थियो।
    मंगलबार जिल्ला अदालत कैलालीले रावलसहित आर्यन देवकोटा, रोशनबहादुर शाही, अर्नुज भनिने चिरञ्जीवि शाही, रोहित आले र हिमाल शाहीलाई आजीवन जन्मकैदको फैसला सुनाएको हो।
    अन्य पाँच जना हेमन्त शाही, मदन शाही, दिपेन्द्र शाही, निशान्त मल्ल र सोहन शाहलाई जन्मकैद तथा लोकेन्द्र कुँवर र समीरजंग शाहीलाई अभियोग दाबीबमोजिम जन्मकैदको फैसला सुनाइएको कैलाली अदालतका सूचना अधिकारी पंकज उपाध्यायले जानकारी दिए।
    अशोक रावल, महेश रावल, जयेन्द्र शाह, विकास खड्का, प्रविन रिमाल, विकास शेरचन थकाली र कपिल श्रेष्ठलाई भने अदालतले सफाइ दिएको छ। एक जना फरार प्रतिवादी लोकेन्द्रजंग शाहीको मुद्दा मुल्तबीमा राखिएको अदालतले जनाएको छ।
    लम्कीचुहा नगरपालिका– ३, चिसापानी बस्ने २७ वर्षीय नवीन रावल, २३ वर्षीय महेश रावल, २० वर्षीय धीरज भनिने दीपेन्द्र शाही, २० वर्षीय आर्यन देवकोटा, १९ वर्षीय मदन शाही, लम्कीचुहा– १ का २२ वर्षीय कपिल श्रेष्ठ, १८ वर्षीय निशान्त मल्ल, लम्कीचुहा नगरपालिका– ५ का २८ वर्षीय विकास खड्का, टीकापुर नगरपालिका– १ का २३ वर्षीय प्रविण रिमाल, बर्दियाको राजापुर नगरपालिका– ७ घर भएर टीकापुर बस्ने २१ वर्षीय रोहित आले, टीकपुरकै २५ वर्षीय सोहन शाह, बर्दगोरिया गाउँपालिका– २ बस्ने २५ वर्षीय लोकेन्द्र कुँवर र बर्दियाको ठाकुरबाबा नगपालिका– ३ बस्ने २६ वर्षीय सन्तोष भनिने सविनजंग शाहीविरुद्ध मुद्दा दायर भएको थियो।
    यसैगरी लम्कीचुहा नगरपालिका– ३, चिसापानी बस्ने २६ वर्षीय अनुज भन्ने चिरञ्जीविजंग शाही, २६ वर्षकै हिमाल शाही, जानकी गाउँपालिका–६ बस्ने वर्ष २८ वर्षीय जयन्द्र शाह, टीकापुर नगरपालिका– १ बस्ने २७ वर्षीय विकास शेरचन, लम्कीचुहा– ४ बस्ने २४ वर्षीय रोशनबहादुर शाही, टीकापुर नगरपालिका–६ बस्ने ३५ वर्षीय अशोक रावल, लम्कीचुहा नगरपालिका–३ बस्ने २५ वर्षीय लोकजंग शाही र बर्दियाको गरुवा गाउँपालिकाका २२ वर्षीय हेमन्त शाहीविरुद्ध पनि मुद्दा दायर भएको थियो।
    प्रहरी अनुसन्धानबाट जयन्द्र शाह र नवीन रावलको समूहमा आपसी मनमुटावपछि हत्या प्रकरणसम्म पुगेको देखिएको थियो।​​​​ अदालतबाट कसुर ठहर भई सजाय तोकिएका १३ जना प्रतिवादीहरूले संयुक्त रूपमा १५ लाख पीडितलाई दामासाहीका आधारमा क्षतिपूर्ति दिनुपर्ने पनि आदेशमा उल्लेख गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend