२०८३, आश्विन ८ गते

समय लोड हुँदैछ...

इक्यानको अध्यक्षमा पौडेल निर्वाचित

इक्यानको अध्यक्षमा पौडेल निर्वाचित

मंगलवार, पौष २९ २०८२
मंगलवार, पौष २९ २०८२
  • काठमाडौँ- शैक्षिक परामर्श व्यवसायी सङ्घ (इक्यान) को २०औँ साधारणसभाबाट लक्ष्मण पौडेल ‘एन्ड्रियु’ को नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ ।
    गएराति सम्पन्न निर्वाचनमा संस्थाको प्रथम उपाध्यक्षमा वासुदेव दाहाल, द्वितीय उपाध्यक्षमा विकल्पराज पोखरेल, तृतीय उपाध्यक्षमा गीता शिवाकोटी र महासचिवमा भवनाथ हुमागाइँ विजयी हुनुभएको छ ।
    यसैगरी सहसचिवमा सुरज सिलवाल र आशिक कार्की, कोषाध्यक्षमा साधना पुडासैनी तथा सह–कोषाध्यक्षमा गोविन्द खनाल विजयी हुनुभएको छ । सदस्यहरुमा अनन्तराज घिमिरे, उद्धव बन, विवेक बस्नेत, दामोदर शर्मा, अशोककुमार हाथी, दिनेश पौडेल, सञ्जीव पाण्डे, शिवप्रसाद अर्याल, कमलप्रसाद तिमल्सिना विजयी हुनुभएको छ । सोमवार बिहान शुरु भएको महाधिवेशनलाई सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले उद्घाटन गर्नुभएको थियो । नवनिर्वाचित अध्यक्ष पौडेलले नेपाली विद्यार्थीहरुलाई विदेश अध्ययन परामर्शका अतिरिक्त विदेशी विद्यार्थीहरुलाई समेत नेपालको कला, संस्कृति र सभ्यता सम्बन्धी उच्च शिक्षाका लागि भित्र्याउने उद्देश्य रहने बताउनुभएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend