२०८३, आश्विन ८ गते

समय लोड हुँदैछ...

सिन्धुलीमा एसबीआई बैकमा लुटपाट, सुरक्षागार्ड घाईते

सिन्धुलीमा एसबीआई बैकमा लुटपाट, सुरक्षागार्ड घाईते

बुधवार, माघ १ २०८२
बुधवार, माघ १ २०८२
  • काठमाडौं- सिन्धुलीमा एसबीआई बैंकको शाखा कार्यालयमा लुटपाट भएको छ । सिन्धुलीको घ्याङलेख गाउँपालिकामा रहेको बैंकको शाखा कार्यालयमा लुटपाट भएको हो ।
    घटना मंगलबार साँझ ७ बजेतिरको भएको सिन्धुलीका प्रहरी उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए । एसपी सुवेदीले लुटेराहरू जङ्गलतर्फ लागेको सूचना आएको बाह्रखरीलाई बताए । आफ्नै कमाण्डमा लुटेराहरूको खोजी भइरहेको उनले बताए ।
    कति रकम लुटियो भन्ने यकिन भइनसकेको प्रहरीले जानकारी दिएको छ । करिव ७ जनाको समूहमा आएकाहरूले लुटेको प्ररम्भिक सूचना आएको प्रहरीले जनाएको छ ।
    लुटेराहरूको आक्रमणमा परी बैंकका सेक्युरिटी गार्ड घाइते भएका छन् । उनको उपचार भइरहेको जनाइएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend