२०८३, आश्विन ८ गते

समय लोड हुँदैछ...

नेपाली कांग्रेस विशेष महाधिवेशन

स्थगित उमेदवारी मनोनयन बिहान ८ देखि ९ बजेभित्र सुरु हुने

स्थगित उमेदवारी मनोनयन बिहान ८ देखि ९ बजेभित्र सुरु हुने

बुधवार, माघ १ २०८२
बुधवार, माघ १ २०८२
  • काठमाडौं- नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत उमदेवारी मनोनयन आज हुने भएको छ । मंगलबार स्थगित भएको उमेदवारी मनोनयन बिहान ८ देखि ९ बजेभित्र सुरु हुने निर्वाचन समिति संयोजक सीताराम केसीले जानकारी दिएका छन् ।  
    कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि मंगलबार साँझ उमेदवारी दर्ता खुला गरिएको थियो । 
    उमेदवारको मनोनयन दर्ताबाहेक बाँकी तालिका बुधबारका लागि सारिएको थियो । मनोनयनपत्र दर्ताका निम्ति यसअघि मंगलबार दिउँसो २ देखि ३ बजेसम्मको समय तोकिएको थियो । पछि मनोनयनपत्र बेलुका ५ बजेपछि दर्ता गरिने भनिएको थियो । त्यसपछि साँझ साढे ६ बजेका लागि सारिएको थियो ।
    कांग्रेसको विशेष महाधिवेशन पुस २७ देखि काठमाडौंको भृकुटीमण्डपमा जारी छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend