२०८३, आश्विन ८ गते

समय लोड हुँदैछ...

ट्रक दुर्घटनामा ५ मजदुरको मृत्यु भएपछि सुनसरीमा सडक अबरुद्ध

ट्रक दुर्घटनामा ५ मजदुरको मृत्यु भएपछि सुनसरीमा सडक अबरुद्ध

बिहिवार, माघ २ २०८२
बिहिवार, माघ २ २०८२
  • सुनसरी-माघे संक्रान्तिको बिहानै सुनसरीको भोक्राहानर्सिङमा भएको ट्रक दुर्घटनामा परी ५ जना मजदुरको मृत्यु भएको छ। दुर्घटनापछि आक्रोशित स्थानीयले सुनसरीको बर्जुमा टायर बालेर सडक अवरुद्ध गरेका छन्। आफ्नै वडाका ५ जनाको अकालमा मृत्यु भएपछि बर्जु गाउँपालिकाका स्थानीय बासिन्दा आन्दोलित भएका हुन्।
    उनीहरूले अहिले शुक्रबारे चोकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् भने यातायात सेवा ठप्प पारेका छन्। मृतकका परिवारलाई क्षतिपूर्ति र दोषी चालकलाई कडा कारबाहीको माग गर्दै स्थानीयले प्रदर्शन जारी राखेका हुन्। ​
    हुलाकी राजमार्ग अन्तर्गत सुनसरीको भोक्राहानर्सिङ–८, सोनियाहीमा बिहीबार बिहान करिब साढे ५ बजे विराटनगरबाट सप्तरीको राजविराजतर्फ जाँदै गरेको को १ ख ४५४१ नम्बरको ट्रक दुर्घटनामा परेको हो।
    टायल र मार्बल लोड गरिएको उक्त ट्रक तीव्र गतिका कारण घुम्तीमा अनियन्त्रित भई पल्टिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। ​जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता चन्द्र खड्काका अनुसार, ट्रकको पछाडि सामानमाथि बसेका ५ जना मजदुरको टायल र मार्बलले थिचिएर घटनास्थलमै ज्यान गएको हो। दुर्घटनामा ज्यान गुमाउने पाँचै जना सुनसरीको बर्जु गाउँपालिका वडा नम्बर १ का बासिन्दा हुन्।
    प्रहरीका अनुसार मृत्यु हुनेहरूमा ३२ वर्षीय धीरेन्द्र गुरुङ, ५५ वर्षीय बर्मदेव गुरुङ, ५० वर्षीय टंक गुरुङ, २८ वर्षीय निसु गुरुङ, ५५ वर्षीय चन्द्र गुरुङ ​ट्रकमा चालकसहित कुल ९ जना सवार थिए।
    जसमध्ये क्याबिनमा सवार ४ जनामध्ये ३ जना सामान्य घाइते भएका छन्। घाइतेहरूको विराटनगरस्थित विराट नर्सिङ होममा उपचार भइरहेको छ।
    दुर्घटनालगत्तै ट्रक चालक भने फरार भएका छन्। प्रहरीले उनको खोजी कार्य तीव्र पारिएको जनाएको छ।
    पोष्टमार्टमका लागि शव लगिएपनि अझै नभएको स्थानीयवासीको भनाइ छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend