२०८३, आश्विन ८ गते

समय लोड हुँदैछ...

मधेसमा ५३ हजार ३३८ जनाले निर्वाचन प्रहरीका लागि आवेदन दिए

मधेसमा ५३ हजार ३३८ जनाले निर्वाचन प्रहरीका लागि आवेदन दिए

शुक्रवार, माघ ३ २०८२
शुक्रवार, माघ ३ २०८२
  • जनकपुरधाम – मधेस प्रदेशमा निर्वाचन प्रहरीका लागि आवश्यकताभन्दा ६९.५१ प्रतिशत बढी आवेदन परेको छ। मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामको तथ्यांक अनुसार मधेस प्रदेशको आठ वटै जिल्लामा ५३ हजार ३३८ जनाले निर्वाचन प्रहरीका लागि आवेदन दिएका छन्।

    मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक कमल थापाका अनुसार मधेस प्रदेशको आठ जिल्लामा निर्वाचन प्रहरीका लागि नेपाल प्रहरी तर्फ ४८ हजार २५० जना र सशस्त्र प्रहरी तर्फ ५ हजार ८८ जनाले आवेदन दिएका छन्।

    आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि मधेस प्रदेशमा कुल ३१ ह्जार ४६६ जना निर्वाचन प्रहरी भर्ना गरिँदैछ जसमा नेपाल प्रहरीले २८ हजार २९५ जना र सशस्त्र प्रहरीले ३ हजार १७१ जना निर्वाचन प्रहरी भर्ना गर्न पाउने जिम्मा पाएको थियो।

    मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता थापाका अनुसार आठवटै जिल्ला प्रहरीमा निर्वाचन प्रहरीका लागि ४० हजार २७३ जना पुरुष र ७ हजार ९७७ जना महिलाले आवेदन दिएका छन्।

    प्रवक्ता थापाका अनुसार बारामा सबैभन्दा बढी आवेदन परेको छ भने महोत्तरीमा सबैभन्दा कम आवेदन परेको हो। बारामा आवश्यकताभन्दा १०९.१५ प्रतिशत बढी आवेदन परेको हो भने महोत्तरीमा आवश्यकताभन्दा ३६.९९ प्रतिशत बढी आवेदन परेको हो।

    बारामा नेपाल प्रहरी तर्फ ५ हजार ५८१ पुरुष र १ हजार १९२ जना गरी ६ हजार ७७३ जनाले आवेदन दिएका छन् भने सशस्त्र प्रहरी तर्फ १ हजार ६६४ जनाले आवेदन दिएका छन्। बारामा नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी ८ हजार ४३७ जनाले आवेदन दिएका छन्।

    सप्तरीमा ४ हजार २२२ जना निर्वाचन प्रहरीको आवश्यकता रहेकोमा ७७।९३ प्रतिशत अर्थात ७ हजार ५१२ जनाले आवेदन दिएका छन्। जसमा नेपाल प्रहरी तर्फ ५ हजार ६१ पुरुष र १ हजार ३३४ जना महिला तथा सशस्त्र प्रहरी तर्फ १ हजार ११७ जनाले आवेदन दिएको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

    धनुषामा ४ हजार ५२७ जनाको आवश्यकता रहेकोमा ५ हजार ८५१ जना पुरुष र १ हजार ६५ महिला गरी नेपाल प्रहरी तर्फ ६ हजार ९१६ जना तथा सशस्त्र प्रहरी तर्फ २९९ जना गरी ७ हजार २१५ जनाले आवेदन दिएका छन्। यो आवश्यकताभन्दा ५९.३८ प्रतिशत बढी हो।

    रौतहटमा ३ हजार ८५१ जना निर्वाचन प्रहरीको आवश्यकता रहेकोमा नेपाल प्रहरी तर्फ ६ हजार २८४ जना र सशस्त्र प्रहरी तर्फ ४ सय ६९ गरी ६ हजार ७५३ जनाले आवेदन दिएका छन्। यो आवश्यकताभन्दा ७५.३६ प्रतिशतले बढी हो।

    सर्लाहीमा ४ हजार ३११ जना निर्वाचन प्रहरीको आवश्यकता रहेकोमा ५४.५१ प्रतिशत बढी आवेदन परेको हो। सर्लाहीमा नेपाल प्रहरी तर्फ ६ हजार २६५ जना र सशस्त्र प्रहरी तर्फ ३९६ जना गरी ६ हजार ६६१ जनाले आवेदन दिएका छन्।

    यस्तै, पर्सामा २ हजार ८५२ जना निर्वाचन प्रहरीको आवश्यकता रहेकोमा त्यसको १०७.५७ प्रतिशत बढी आवेदन परेको हो। पर्सामा नेपाल प्रहरी तर्फ ५ हजार ३९९ जना र सशस्त्र प्रहरी तर्फ ५ सय २१ गरी ५ हजार ९२० जनाको आवेदन परेको हो।

    सिरहामा ३ हजार ७५७ जना निर्वाचन प्रहरीको आवश्यकता रहेकोमा ४५.८९ प्रतिशत बढी आवेदन परेको हो। सिरहामा नेपाल प्रहरी तर्फ ४ हजार ८५९ जना र सशस्त्र प्रहरी तर्फ ६२२ जना गरी ५ हजार ४८१ जनाले आवेदन दिएको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

    महोत्तरीमा ३ हजार ९१२ जना निर्वाचन प्रहरीको आवश्यकता रहेकोमा ५ हजार ३५९ जनाले आवेदन दिएको हो। यो आवश्यकताभन्दा ३६.९९ प्रतिशत बढी हो।

    मधेस प्रदेशको प्रत्येक जिल्लामा ४.४ वटा गरी ३२ वटा निर्वाचन क्षेत्र रहेको छ। मधेस प्रदेश निर्वाचन कार्यालय, जनकपुरधामका अनुसार मधेस प्रदेशमा ३६ लाख ३६ हजार ४१४ जना मतदाता रहेका छन्।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend