२०८३, आश्विन ८ गते

समय लोड हुँदैछ...

सूर्य नेपाल गल्फ टुर

गल्फर निरज सूर्य नेपाल इस्टर्न ओपनको उपाधि रक्षा गर्न सफल

गल्फर निरज सूर्य नेपाल इस्टर्न ओपनको उपाधि रक्षा गर्न सफल

शुक्रवार, माघ ३ २०८२
शुक्रवार, माघ ३ २०८२
  • काठमाडौं-  सूर्य नेपाल गल्फ टुर २०२५–२६ अन्तर्गतको दोस्रो प्रतियोगिता सूर्य नेपाल इस्टर्न ओपनको उपाधि नेपाल नम्बर एक गल्फर निरज तामाङले लगातार दोस्रोपटक जितेका छन् ।
    पार–७० को धरान गल्फ क्लबमा शुक्रबार सम्पन्न तेस्रो तथा अन्तिम राउन्डमा ३–अन्डर ६७ को कार्ड बनाए । समग्रमा ५४ होलको खेल १५–अन्डर १९५ को लोभलाग्दो स्कोरमा बनाउँदै उपाधि रक्षा गर्न सफल भएका हुन् । उनले एमेच्योर गल्फर राहुल विश्वकर्मालाई ६ स्ट्रोकले पछि पार्दै करिअरको चौथो उपाधि जिते । उपाधिसँगै निरजले नगद एक लाख ७० हजार रुपैयाँ प्राप्त गरे ।
    राहुलले शुक्रबार २–अन्डर ६८ खेल्दै ९–अन्डर २०१ को कुल स्कोरसहित समग्रमा दोस्रो स्थान हासिल गरे भने एमेच्योरतर्फको उपाधि जिते । अनुभवी प्रो बलभद्र राईले अन्तिम दिन ५–अन्डर ६५ को उत्कृष्ट प्रदर्शनमा समग्रमा ६–अन्डर २०४ को स्कोरसहित प्रोफेसनलतर्फ दोस्रो भए । उनले एक लाख २५ हजार रुपैयाँ प्राप्त गरे ।
    दिनेश प्रजापतिले ४–अन्डर २‌०६ को कुल स्कोरसहित प्रोतर्फ तेस्रो तथा समग्रमा चौथो स्थान हासिल गरे । अन्तिम राउन्डमा ३–अन्डर ६९ खेलेका उनले एक लाख रुपैयाँ पाए । टंकबहादुर कार्की (७१) र पूर्व नेपाल नम्बर एक प्रो भुवन नगरकोटी (६९) ले ३–अन्डर २‌०७ को स्कोरसहित प्रोतर्फ संयुक्त रूपमा चौथो स्थान बाँडे र दुवैले ७७ हजार रुपैयाँ प्राप्त गरे ।
    पूर्वशीर्ष प्रो रवि खड्काले १–अन्डर २०९ को स्कोरसहित प्रोफेसनल तर्फ छैटौँ स्थानमा रहेर ६४ हजार रुपैयाँ पाए । लिडर ग्रुपमा खेलेका शुक्रबहादुर राई अन्तिम राउन्डमा ४–ओभर ७४ खेल्दा समग्रमा इभन–पार २१० सहित आठौँ स्थानमा तल झरे । उनले ५७ हजार रुपैयाँमा चित्त बुझाए । 
    प्रोतर्फ सुमन परियार ९६९० कुल २–ओभर २१२ स्कोरसहित आठौँ स्थानमा रहे भने सञ्जय लामा (६८) समग्रमा २१३ सहित नवौँ स्थानमा र २१८ को स्कोरमा सुनिल केसी ९७४० दशौँ स्थानमा रहे । उनीहरूले क्रमशः ५१ हजार, ४६ हजार र ४२ हजार रुपैयाँ प्राप्त गरे । शीर्ष १८ भित्र पर्ने प्रोफेसनल खेलाडीहरूले पनि नगद पुरस्कार प्राप्त गरे । प्रतियोगिताको दोस्रो दिन १४औँ होलमा होल–इन–वान गरेका प्रो जयराम श्रेष्ठले पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
    एमेच्योरतर्फ पदम हाङ लिम्बुले अन्तिम राउन्डमा ३–अन्डर ६९ खेल्दै २११ को कुल स्कोरसहित उपविजेता बने । सुन्दर राई ९६८० ३–ओभर २१३ स्कोरसहित तेस्रो भए ।
    विजेता निरजले फ्रन्ट नाइनमा ३–अन्डर ३३ खेल्ने क्रममा दोस्रो, तेस्रो र चौथो होलमा लगातार बर्डी प्रहार गरे । ब्याक नाइनमा उनले १०औँ, १३औँ, १४औँ र १५औँ होलमा बोगी खेपर पनि ११औंँ १२औँ, १६औँ र १८औँ होलमा बर्डीको सफलतामा इभन–पार ३४ खेले ।
    दोस्रो स्थानमा रहेका राहुलले फ्रन्ट नाइनमा तेस्रो, छैटौँ र नवौँ होलमा बर्डी तथा सातौँ होलमा बोगीसहित २–अन्डर ३४ खेले । ११औँ होलमा बोगी र १८औँ होलको बर्डीले ब्याक नाइन इभन–पार ३४ खेले । 
    स्थानीय प्रो बलभद्रले आठ बर्डी प्रहार गर्दै फ्रन्ट नाइनमा २–अन्डर ३४ र ब्याक नाइनमा ३–अन्डर ३१ खेले । उनले दोस्रो, तेस्रो, चौथो र आठौँ होलमा बर्डी तथा पहिलो र छैटौँ होलमा बोगी खेपे । ब्याक नाइनमा १५औँ होलमा एक सट खेर फाले पनि ११औँ, १२औँ, १७औँ र १८औँ होलमा बर्डी प्रहार गरे ।
    पीजीए नेपालद्वारा सूर्य नेपाल प्रालिको प्रायोजनमा आयोजित ५४ होलको प्रतियोगितामा ३० प्रो र २२ एमेच्योर गरी कुल ५२ खेलाडीले सहभागिता जनाएका थिए । कुल १० लाख ५० हजार रुपैयाँ पुरस्कार राशी रहेको प्रतियोगिताका विजेतालाई सूर्य नेपालका डेपुटी जनरल मेनेजर केशव प्रधान, नेपाल गल्फ संघका उपाध्यक्ष तिलक राई, कोसी प्रदेश गल्फ संघका उपाध्यक्ष भरत तामाङ, सुनसरी गल्फ संघका अध्यक्ष जितेन्द्र राई तथा धरान गल्फ क्लबका अध्यक्ष हरि राईले पुरस्कार वितरण गरे।
    च्याम्पियनसिप शनिबार आयोजना हुने प्रो–एम प्रतियोगितासँगै समापन हुनेछ । जहाँ एमेच्योर तथा सोसियल गल्फरले प्रोफेसनल खेलाडीसँग टिम बनाएर खेल्ने अवसर पाउनेछन् ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend