२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

दुर्गा प्रसाईँ पोखराबाट पक्राउ

दुर्गा प्रसाईँ पोखराबाट पक्राउ

मंगलवार, माघ ७ २०८२
मंगलवार, माघ ७ २०८२
  • पोखरा- मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ । आज दिउँसो पक्राउ पर्नुभएका प्रसाईँलाई काठमाडौँ पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीले जानकारी दिनुभयो । “उहाँको मुद्दा काठमाडौँमा भएकाले उतै पठाउन लागिएको हो”, उहाँले भन्नुभयो ।

    यसअघि आइतबार निर्वाचन आयोगले प्रसाईँलाई कारबाही गर्न माग गर्दै प्रहरीको साइबर ब्यूरोमा पत्राचार गरेको थियो । प्रसाईँले केही दिनअघि कांग्रेसको विशेष महाधिवेशन पक्षले आयोगलाई रु ५२ करोड बुझाएको आरोपसहित एक भिडियो सार्वजनिक गर्नुभएको थियो । सोही विषयमा आयोगले प्रसाईँलाई पक्राउ गरी अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend