२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

राष्ट्रिय सभा सदस्य निर्वाचनको सबै तयारी पूरा

राष्ट्रिय सभा सदस्य निर्वाचनको सबै तयारी पूरा

शुक्रवार, माघ १० २०८२
शुक्रवार, माघ १० २०८२
  • काठमाडौँ - निर्वाचन आयोगले पर्सि माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको सबै तयारी पूरा भएको जनाएको छ ।
    आयोगले शुक्रबार पत्रकारहरुसँगको भेटमा उम्मेदवारको मनोनयनपत्र दर्ता, दाबी बिरोध, छानबिन, अन्तिम नामावली प्रकाशन तथा चुनाव चिन्ह वितरणलगायतका कार्यसम्पन्न भएको जनाएको हो । 
    आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचनका लागि मतपत्रसमेत सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पठाइसकिएको वताए । आयोगका अनुसार राष्ट्रिय सभा सदस्य निर्वाचनको मतदान माघ ११ गते आइतबार बिहान ९ देखि दिउँसो ३ बजेसम्म सम्बन्धित प्रदेशमा तोकिएको मतदान केन्द्रमा हुनेछ । 
    माघ ११ गते आइतबार १८ जना राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन गर्न लागिएको हो । त्यसमा नेपाली कांग्रेसका सुनीलबहादुर थापा निर्विरोध निर्वाचित भइसकेका छन् । १७ जनाका लागि सातै प्रदेश राजधानीमा मतदान गर्ने कार्यक्रम छ ।
    राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रदेश सभा सदस्य, स्थानीय तहका प्रमुख र उपप्रमुख एवं अध्यक्ष र उपाध्यक्ष मतदाता हुने कानुनी व्यवस्था छ । केही प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख, उपप्रमुख एवं अध्यक्ष, उपाध्यक्षले राजीनामा दिई प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गरेकाले मतदाता नामावलीबाट तिनको नाम हटाइएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend