२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

राष्ट्रिय वाणिज्य बैंकको नाफा एक अर्ब ७५ करोड रुपैयाँ

राष्ट्रिय वाणिज्य बैंकको नाफा एक अर्ब ७५ करोड रुपैयाँ

शनिवार, माघ ११ २०८२
शनिवार, माघ ११ २०८२
  • काठमाडौं-सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्मको निष्क्रिय कर्जा ४.५५ प्रतिशत र नाफा एक अर्ब ७५ करोड रुपैयाँ भएको जनाइएको छ । यो अपरिस्कृत विवरण हो ।
    बैंकको ६१औँ वार्षिकोत्सवका अवसरमा शनिबार आयोजित कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष देवकुमार ढकालले उत्पादनशील क्षेत्रलाई प्राथमिकतामा राखेर कर्जा प्रवाह गरिरहेको जानकारी दिए ।
    “हाल पुँजीबजार, निर्माण, सेवा, लगानी प्रवर्द्धन एवं विकास निर्माणका क्षेत्रमा सकारात्मक संकेत देखिएका छन् । यसले अर्थतन्त्रमा आशाको सञ्चार गरेको छ,” उनले भने ।
    बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले नवीन सोच र संकल्पका साथ वित्तीय सेवा प्रवाह गर्दै आएको बताए ।
    कर्जा प्रवाह बढाउनु चुनौती भएको स्वीकार गर्दै उनले भने, “बैंकको पुँजीको आधार सुदृढ बनाउन तीन खर्बबराबरको ऋणपत्र निष्कासनको तयारीमा रहेको छ । बैंकसँग हाल कर्जा निक्षेपको अनुपातका आधारमा एक खर्ब ७१ अर्ब तथा तरलताका आधारमा एक खर्ब ३९ अर्बको लगानीयोग्य रकम देखिएता पनि पुँजी पर्याप्ताका आधारमा थप १८ अर्ब मात्र कर्जा प्रवाह गर्ने अवस्था छ ।”
    कार्यक्रममा दिइएको जानकारीअनुसार, बैंकले निक्षेपतर्फ ४७ लाख ४३ हजार र कर्जातर्फ दुई लाख २६ हजारभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ ।
    चुक्ता पुँजी १५ अर्ब ६३ करोड रुपैयाँ छ । बैंकले चालु आवका ६ महिनामा कुल निक्षेप पाँच खर्ब ५३ अर्ब संकलन र १९ अर्ब रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend