२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

ओखलुढुंखाको बोहोरेमा बृद्ध राई दम्पतीको हत्या

ओखलुढुंखाको बोहोरेमा बृद्ध राई दम्पतीको हत्या

मंगलवार, माघ १४ २०८२
मंगलवार, माघ १४ २०८२
  • ओखलढुंगा - यहाँको चिशङ्खुगढी–६ बोहोरे टोलका अन्दाजी ८१ वर्षीय चन्द्रविक्रम राई र उनकी पत्नी अन्दाजी ८० वर्षीय चन्द्रमाया राईको गएराति हत्या भएको छ । यसअघि सोहि स्थानको भदौरेमा एक महिनाअघि मगर दम्पतीको हत्या भएको थियो ।
    पसल सञ्चालन गर्दै आएका राई दम्पतीको लुटपाटपछि हत्या गरिएको हुनसक्ने स्थानीयवासीले बताएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार, घरको दोस्रो तलाको सुत्ने कोठाको खाटमा सिरक ओढेको अवस्थामा श्रीमानको शव र श्रीमतीको खाटको छेउ भूइँमा सिरक ओढेकै अवस्थामा शव भेटिएको हो।
    उनीहरुको मृत्युको खबर मंगलबार बिहान करिब ७ः४० बजेको समयमा प्रहरी चौकी निशङ्खेमा प्राप्त भएको थियो। घटना बारे जानकारी पाउने बित्तिकै प्रहरी टोलीले घटनास्थलमा सुरक्षा व्यवस्था कडा बनाइएको प्रहरी नायब उपरीक्षक मदन केसीले बताए। उनले भने,ुघटनास्थल सुरक्षित गरिएको छ, थप अनुसन्धान र सुरक्षाका लागि प्रहरी परिचालन गरिएको छ ।
    गत पुस १५ गते भदौरेको गैरीगाउँमा मगर दम्पतीको लुटपाटपछि हत्या गरिएको थियो। त्योभन्दा अगाडि असोज २६ गते सिद्धिचरण नगरपालिका–४ चार्खुमा एकल महिला रत्नकुमारी कटवाल कार्कीको पनि हत्या गरिएको थियो । हत्यामा संलग्न भएको आरोपमा चार जना युवा, मिलन भन्ने सङ्गम राई, विनोद राई, प्रकाश भुजेल र दोर्जे भन्ने अशोक भुजेल पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।
    फेरि त्यही ठाउँमा अर्का दम्पतीको उस्तै प्रकृतिले हत्या गरिनुले स्थानीयमा त्रास पैदा भएको छ । शृङ्खलाबद्ध रुपमा भएका हत्याका घटनाका कारण स्थानीय त्रसित हुनाका साथै सुरक्षा चुनौती बढेको छ । गाउँघरमा हुने यस्ता खालका घटनाले नागरिकको सुरक्षामा चुनौती थपिएको भन्दै दोषी तत्काल पत्ता लगाई कारबाहीको दायरमा ल्याउन स्थानीयवासीले प्रहरीसमक्ष आग्रह गरेका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend