२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

आचारसंहिता उल्लंघन आरोपमा बालेन र हर्कलाई स्पष्टीकरण

आचारसंहिता उल्लंघन आरोपमा बालेन र हर्कलाई स्पष्टीकरण

मंगलवार, माघ १४ २०८२
मंगलवार, माघ १४ २०८२
  • काठमाडौं- निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन शाह श्रम तथा संस्कृति पार्टीका उम्दवार हर्क साम्पाङसहित ३ जनाभन्दा बढी उम्मेदरवारलाई स्पष्टीकरण सोधेको छ। 
    आयोगका अनुसार उनीहरूले सामाजिक सञ्जालमार्फत आचारसंहिता बर्खिलाप हुने गरी प्रचारप्रसार गरेको र एक(अर्काविरुद्ध भ्रामक सामग्री पोस्ट गरेको उजुरी परेको थियो। आयोगले उनीहरूलाई २४ घण्टाभित्र लिखित जवाफ पेश गर्न पत्र काटेको छ।
    निर्वाचन आयोगको आचारसंहिता हेर्ने शाखा स्रोतका अनुसार आज मंगलबार ३ जनाभन्दा बढीलाई आचारसंहिता उल्लंघन गरेकोमा पत्र कटिएको छ।
    ुअहिले सबैतिरबाट सूचना  संकलन गर्ने काम भइरहेको छ। केही समयपछि सबै विवरण आउँछु, आयोगकी सहायक प्रवक्ता सीता पुनले नेपालखबरसँग भनिन् 
    बालेनको ुभिजुअलु पोस्ट र अन्यको उत्तेजक अभिव्यक्तिले चुनावी निष्पक्षतामा असर पारेको आयोगको ठहर छ। जवाफ चित्तबुझ्दो नभए निर्वाचन ऐन अनुसार कारबाही हुने आयोगले चेतावनी दिइएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend