२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

भाषा र सीप परीक्षा पास गरेपनि दक्षिण कोरिया जान नपाएपछि युवाहरुको प्रर्दशन

भाषा र सीप परीक्षा पास गरेपनि दक्षिण कोरिया जान नपाएपछि युवाहरुको प्रर्दशन

मंगलवार, माघ १४ २०८२
मंगलवार, माघ १४ २०८२
  • काठमाडौं- रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गत भाषा तथा सीप परीक्षा उत्तीर्ण भएर पनि लामो समयसम्म दक्षिण कोरिया जान नपाएको भन्दै युवाहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । 
    कृषि तथा पानीजहाज क्षेत्रका लागि भाषा उत्तीर्ण गरेर रोस्टरमा वर्षदिनभन्दा लामो समयसम्म नाम रहँदा पनि जान नपाएको भन्दै उनीहरूले मंगलबार माघ १३ काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन् । 
    ईपीएस उत्तीर्ण गरेर रोस्टरमा रहेको दुई वर्षसम्म पनि रोजगारदाताको छनोटमा नपरे नाम हट्ने प्रावधान छ । प्रदर्शनमा उत्रिएका युवाले दुई वर्ष म्याद थप गर्न माग गरेका छन् । 
    प्रर्दशनमा सहभागीले ईपीएसको लुट धन्दा बन्द गर, कृषि तथा पानीजहाजको रोस्टर अवधि थप गरलगायत प्लेकार्ड प्रदर्शन गरेका थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend