२०८३, आश्विन ८ गते

समय लोड हुँदैछ...

बीपी राजर्मागको भकुण्डे–मंगलटार खण्डमा सुक्खा पहिरो झरेपछि सवारीसाधन बन्द

बीपी राजर्मागको भकुण्डे–मंगलटार खण्डमा सुक्खा पहिरो झरेपछि सवारीसाधन बन्द

आइतवार, माघ १९ २०८२
आइतवार, माघ १९ २०८२
  • काभ्रेपलाञ्चोक - बीपी राजर्मागको भकुण्डे–मंगलटार खण्डमा सुक्खा पहिरो झरेपछि दुवैतर्फबाट सवारीसाधन आवतजावत बन्द भएको छ ।
    जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरीक्षक सुनिल धाँजुका अनुसार, आइतबार साँझ ७स्२५ बजेतिरबाट भकुण्डे–मंगलटार खण्डको नमोबुद्ध नगरपालिका–४ स्थित १ नम्बर पुल नजिक सुक्खा पहिरो झर्न थालेको हो ।
    पहिरो झर्न थालेपछि राजमार्गमा दुईतर्फी यातायात सञ्चालनमा रोक लगाएको उनले बताए । उनका अनुसार, पहिरो झर्ने क्रम जारी रहेकाले तत्कालै एस्काभेटर प्रयोग गरी माटो पन्छ्याउन सक्ने अवस्था छैन । पहिरो झर्न रोकिएपछि माटो पन्छ्याउने उनले बताए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend