२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

निर्वाचित जनप्रतिनिधिले उम्मेदवारको प्रचार प्रसार गर्न पाईदैनः निर्वाचन आयोग

निर्वाचित जनप्रतिनिधिले उम्मेदवारको प्रचार प्रसार गर्न पाईदैनः निर्वाचन आयोग

सोमवार, माघ २० २०८२
सोमवार, माघ २० २०८२
  • काठमाडौं- फागुन २१ हुने प्रतिनिधिसभा निर्वाचनको आचारसंहिता लागु भइसकेको छ । आचारसंहिता पालना गर्न आयोगले बारम्बार आग्रह गर्दै आएको छ । 
    आचारसंहिता उल्लंघन गर्ने केही उमेदवार तथा प्रदेश मन्त्रीहरूलाई समेत आयोगले स्पष्टीकरण सोधिसकेको छ ।  
    आयोगले कुनै मन्त्री वा स्थानीय पालिकाका जनप्रतिनिधि राजनीतिक दल वा उमेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने प्रष्ट पारेको छ । 
    तर, निर्वाचनमा आफैँ उमेदवार भएका मन्त्रीले आफू उमेदवार भएको क्षेत्रमा निर्वाचन प्रचारप्रसारमा संलग्न हुन सक्ने प्रावधान छ । 
    मन्त्रीले आयोगको सहमति लिई त्यसरी सहमति लिएको स्थानमा सम्बन्धित राजनीतिक दलको निर्वाचन प्रचारप्रसारको काममा संलग्न हुन सक्ने आयोगले जनाएको छ ।
    प्रदेश सरकारका मन्त्रीले प्रदेश निर्वाचन कार्यालयमार्फत वा सोझै आयोगको सहमति लिई सहमति लिएको सम्बन्धित प्रदेशभित्रको स्थानमा सम्बन्धित राजनीतिक दलको निर्वाचन प्रचारप्रसारको काममा संलग्न हुन सक्नेछन् ।
    स्थानीय कार्यपालिकाका पदाधिकारीले आफू बहाल रहेको स्थानीय तहबाहेक अन्य स्थानीय तहमा सम्बन्धित राजनीतिक दलको निर्वाचन प्रचारप्रसारको काममा संलग्न हुन नपाउने आयोगले प्रष्ट पारेको छ । 
    निर्वाचन प्रचारप्रसारमा संलग्न हुने नेपाल सरकार वा प्रदेश सरकारको मन्त्री वा स्थानीय कार्यपालिकाका पदाधिकारीले निर्वाचन प्रचारप्रसारमा संलग्न हुँदा सरकारी स्रोत र साधनको प्रयोग गर्न नपाउने व्यवस्था रहेको आयोगले जनाएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend