काठमाडौं-नेपालका प्रमुख शहरी क्षेत्रहरूमा राइड हेलिङ सेवाको लोकप्रियता बढ्दै गएको सन्दर्भमा, विश्वव्यापी मोबिलिटी प्लेटफर्म इनड्राइभले यात्रु सुरक्षालाई थप सुदृढ बनाउन नयाँ सुरक्षा उपाय र मार्गदर्शनहरू प्रस्तुत गरेको छ ।
कम्पनीले ‘छनोटको स्वतन्त्रता’ भन्ने आफ्नो मूल सिद्धान्तलाई आत्मसात गर्दै इन(एप सुरक्षा सुविधाहरू र जनचेतनामूलक पहलहरू मार्फत यात्रुहरूलाई सुरक्षित र सूचित यात्रा सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको छ ।
यात्रा सुरु गर्नुअघि नै सुरक्षालाई ध्यानमा राख्दै इनड्राइभले यात्रुहरूलाई चालकको नाम, फोटो, सवारी साधनको विवरण र नम्बर प्लेट सावधानीपूर्वक रुजु गर्न प्रोत्साहित गरेको छ । साथै, यात्रुहरूले आफ्नो यात्राको रियल(टाइम विवरण परिवार वा विश्वसनीय व्यक्तिसँग साझा गर्न सक्ने सुविधा समेत उपलब्ध छ । यसले यात्राको हरेक चरणमा पारदर्शिता कायम गरी प्रयोगकर्तालाई सचेत निर्णय लिन सक्षम बनाउँछ ।
यात्राका क्रममा सुरक्षा सुनिश्चित गर्न इनड्राइभले लाइभ लोकेशन ट्रयाकिङ र ‘मास्क्ड कल’ जस्ता आधुनिक सुविधाहरू समावेश गरेको छ । मास्क्ड कल फिचरले यात्रु र चालकको व्यक्तिगत फोन नम्बर गोप्य राख्दै सम्पर्क गराउन मद्दत गर्दछ । कुनै पनि आपतकालीन परिस्थितिको सामना गर्न एपभित्रै ‘एसओएस क्इक् ’ बटनको व्यवस्था गरिएको छ, जसले यात्रुहरूलाई तुरुन्त सहयोग प्राप्त गर्न र यात्रामा नियन्त्रण महसुस गर्न मद्दत पुर्याउँछ ।
यात्रा सम्पन्न भएपछि पनि सुरक्षा र गुणस्तर कायम राख्न इनड्राइभले रेटिङ र प्रतिक्रिया प्रणालीलाई प्राथमिकता दिएको छ । प्रयोगकर्ताहरूले आफ्नो अनुभव वा गुनासो रिपोर्टिङ प्रणालीमार्फत सहजै दर्ता गर्न सक्छन्, जसले सेवाको उत्तरदायित्व बढाउन र सुरक्षित समुदाय निर्माण गर्न मद्दत गर्दछ ।
इनड्राइभ नेपालकी कन्ट्री रिप्रेजेन्टेटिभ रीता पोखरेलका अनुसार, सुरक्षा र छनोटको स्वतन्त्रता एक(अर्काका पूरक हुन् र यी उपकरणहरूले प्रयोगकर्ताहरूलाई आत्मविश्वासका साथ यात्रा गर्न सक्षम बनाइरहेका छन् ।