२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

‘बालबालिकामा पनि हुन्छ ग्यास्ट्रिक’

‘बालबालिकामा पनि हुन्छ ग्यास्ट्रिक’

मंगलवार, माघ २१ २०८२
मंगलवार, माघ २१ २०८२
  • सामान्यतः ठुला मानिसलाई हुने ‘ग्यास्ट्रिक’ बालबालिका पनि हुने गर्दछ। बालबालिकालाई ‘एच प्योलोरी’ भन्ने किटाणुको सङ्क्रमणको कारणले ‘ग्यास्ट्रिक’ हुन्छ। यो कीटाणुको सङ्क्रमण बच्चादेखि नै हुन्छ। जब बच्चा चिल्लोपिरो, जंकफुड खाने गर्दछन् तब ‘ग्यास्ट्रिक’ हुन्छ।
    यस्तै ‘पेनकिलर’ले पनि बच्चालाई ‘ग्यास्ट्रिक’ बनाउने गरेको कान्ति बाल अस्पतालका बच्चाको पेटसम्बन्धी चिकित्सक डा. सुमित अग्रवालले जानकारी दिए। बयस्क मानिसलाई ‘ग्यास्ट्रिक’ले पेट दुख्ने‚ खाना नरुच्ने‚ मुखमा अमिलो आउने गर्दछ।
    बालबालिकालाई भने पनि मुखबाट अमिलो पानी आउने‚ बिहान र साँझ पेट दुख्ने‚ कसैलाई खाना खाएपछि धेरै पेट दुख्ने‚ कसैलाई खाना खाएपछि कम हुने‚ लगातार बान्ता आउने‚ पेट फुल्नेजस्ता समस्या देखापर्छन्। यसपछि बच्चाको आहार घट्दै जान्छ र उपचार ढिला हुँदा विस्तारै तौल घट्दै जान्छ।
    समयमा उपचार नगरे ग्यास्ट्रिकले पेटको दुखाइको मात्रा बढेपछि मुखबाट रगतसमेत आउन सक्ने‚ पेटको सानो आन्द्राको प्वाल खुम्च्याउने‚ सानो आन्द्राको पहिलो भागमा अल्सरजस्ता समस्या देखापर्ने उनले बताए। उनका अनुसार कान्ति अस्पतालमा दिनमा दुई(तीन ‘ग्यास्ट्रिक’ भएका बालबालिका आउने गर्छन्। यस्तै रगत नै बान्ता गर्ने बिरामी सातामा एकरदुईजना अस्पताल आउने गरेका छन्।
    डा. अग्रवालले सातामा तीनदेखि पाँचको इन्डोस्कोपी गरेपछि ७५ प्रतिशतमा बालबालिकामा ‘एच प्योलोरी’ किटाणुको सङ्क्रमण हुने गरेको बताए। शरीरमा चाहिनेभन्दा बढी मात्रामा एसिड उत्पादन हुनुलाई सामान्यत ग्यास्ट्रिक भनिन्छ।
    उनका अनुसार सामान्यतस् १८ महिनादेखि १४ वर्षमुनिका बालबालिकामा ‘एच प्योलोरी’ किटाणुको सङ्क्रमण हुने र ‘ग्यास्ट्रिक’ देखिने गर्दछ। एच प्योलोरी भन्ने किटाणुका कीटाणु सानै उमेरदेखि शरीरमा भए पनि सातरआठ वर्ष नाघेपछि मात्रै यसको लक्षण देखापर्छ। डा। अग्रवालले ‘एच प्योलोरी’ जीवाणु औषधि दुई साता खाएपछि निको हुने बताए। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend