२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

देशभर १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता

देशभर १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता

मंगलवार, माघ २१ २०८२
मंगलवार, माघ २१ २०८२
  • काठमाडौँ- फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा देशभर १ करोड ८९ लाख ३ हजार ६८९ मतदाताले मतदान गर्न पाउने भएका छन्। निर्वाचन आयोगका अनुसार फागुन २० गतेसम्म १८ वर्ष पूरा हुने नेपाली नागरिकहरु मतदाता सूचीमा समावेश  हुन पाउने भएका छन्।  

    फागुन २१ को निर्वाचनमा  ७७ वटा जिल्लाका १६५ निर्वाचन क्षेत्रमा देशभर १० हजार ९६७ मतदानस्थल र २३ हजार ११२ मतदान केन्द्र तोकिएको आयोगले जनाएको छ । जसमा कुल मतदातामध्ये पुरुषको सङख्या ९६ लाख ६३ हजार ३५८  र महिला को सङख्या ९२ लाख ४० हजार १३१ रहेका छन् । अन्य मतदाताको सङख्या भने २०० रहेको छ । 

    निर्वाचन आयोगकले तिन वटै भुभाग र सबै जिल्लाको लागी  मतदानस्थल र मतदान केन्द्रको व्यवस्थापन पूरा गरेको जनाएको छ । जसमा हिमाली जिल्लाहरु मनाङ, मुस्ताङ, डोल्पा, हुम्लामा  कम मतदाता भए पनि आवश्यक रुपमा  मतदान केन्द्र तोकिएको छ। आयोगका अनुसार सबैभन्दा धेरै मतदाताहरु रापेछापमा छन् भने रुपन्देही, मोरङ, झापा, धनुषा, कैलाली, दाङ, काभ्रेपलाञ्चोक लगायतका जिल्लामा एक निर्वाचन क्षेत्रमा एक लाखभन्दा बढी मतदाता रहेको आयोगले जनाएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend