२०८३, आश्विन ८ गते

समय लोड हुँदैछ...

नेपाल-भारत नाका चुनाव भन्दा ७२ घण्टा अघि बन्द गरिने

नेपाल-भारत नाका चुनाव भन्दा ७२ घण्टा अघि बन्द गरिने

शुक्रवार, माघ २४ २०८२
शुक्रवार, माघ २४ २०८२
  • काठमाडौं-सशस्त्र प्रहरी बल नेपालले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाल–भारत सीमा नाका ७२ घण्टा अगावै बन्द गर्ने भएको छ । शुक्रबार (माघ २३) मोरङको विराटनगरमा सम्पन्न भएको सशस्त्र प्रहरी बल नेपाल र भारत सशस्त्र सीमा बलबीचको १६औँ डीआईजी स्तरीय समन्वय बैठकमा सो निर्णय भएको हो ।
    बैठकमा सीमा सुरक्षा, सूचनाको आदान–प्रदान, तेस्रो मुलुकका नागरिकको अवैध प्रवेश नियन्त्रण, मानव बेचबिखन, नक्कली मुद्रा, हातहतियार तथा लागुऔषध ओसार–पसार नियन्त्रणलगायत विषयमा  छलफल भएको थियो ।
    साथै, सीमा स्तम्भको संरक्षण, यात्रु सहजीकरण, संयुक्त गस्ती, विपद् उद्धार अभ्यास तथा आपसी खेलकुद गतिविधि सञ्चालन गर्ने विषयमा समेत  दुवै पक्षबीच छलफल भएको हो । त्यसैगरी सीमा क्षेत्रका सम्भावित नाकाहरू पहिचान गरी त्यसबाट हुनसक्ने खतरा मूल्यांकन गर्ने, शरणार्थीरआप्रवासीहरूको गतिविधिउपर निगरानी राख्ने, विभिन्न तह बनाई चेक प्वाइन्ट खडा गर्ने, आपराधिक तत्वहरूबाट हुनसक्ने घुसपैठ कडाइका साथ नियन्त्रण गर्ने, सीमा क्षेत्रमा मादक पदार्थ बिक्री वितरण र सेवनमा पूर्णतः बन्देज गर्ने लगायत विषयहमा समेत छलफल भएको थियो ।
    बैठकमा सशस्त्र प्रहरी बल नेपाल नं। १ बराह बाहिनी मुख्यालय सुनसरीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले सीमा केवल दुई देशबीचको रेखा नभई मित्रताको प्रतीक भएको उल्लेख गरेका थिए । भारतीय एसएसबीका डीआईजी सरोजकुमार ठाकुरले नेपाल–भारत सीमा क्षेत्रलाई आगामी दिनमा अझ मजबुत र बलियो  बनाउने प्रतिबद्धता व्यक्त गरे ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend