२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

सिमा सुरक्षा बैठकमा बेहोस बनेर ढलेका शशस्त्रका एसपी घिमिरेको निधन

सिमा सुरक्षा बैठकमा बेहोस बनेर ढलेका शशस्त्रका एसपी घिमिरेको निधन

आवर अल न्यूज
शुक्रवार, माघ २४ २०८२
आवर अल न्यूज
शुक्रवार, माघ २४ २०८२
  • विराटनगर- नेपाल–भारत सीमा सुरक्षा बैठकका क्रममा बेहोस भएर ढलेका सशस्त्र प्रहरी बलका उपरीक्षक एसपी राजेश घिमिरेको निधन भएको छ ।
    मोरङको बिराटचोकमा शुक्रबार भएको  नेपालको सशस्त्र प्रहरी बल र भारतको सीमा सुरक्षा बल ९एसएसबी०का अधिकारी सम्मिलित डीआईजी तहको समकक्ष समन्वय बैठक चलिरहेका बेला  उनी बेहोस भएर ढलेका थिए ।
    उपचारका क्रममा विराट मेडिकल कलेजमा राति ८ बजेर ५२ मिनेटमा निधन भएको हो ।
    सशस्त्र प्रहरी बल नम्बर १ बराह बाहिनी पकली सुनसरीका डीआईजी कुमार न्यौपानेले मृत्यु भएको पुष्टि गरेका छन् ।
    उनलाई उच्च रक्तचाप पनि देखिएको थियो । बैठकका क्रममा ढलेका उनको जिब्रो काटिएको थियो । घिमिरेको स्वास्थ्य अवस्था थप जटिल बनेपछि उनलाई भेन्टिलेटरमा राखिएको गरिएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend