२०८३, आश्विन ८ गते

समय लोड हुँदैछ...

धनगढी उडेको श्री एयरलाइन्सको जहाज मध्यराति काठमाडौं फिर्ता

धनगढी उडेको श्री एयरलाइन्सको जहाज मध्यराति काठमाडौं फिर्ता

मंगलवार, फाल्गुण ५ २०८२
मंगलवार, फाल्गुण ५ २०८२
  • काठमाडौँ- सोमबार राति काठमाडौँबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज अवतरण हुन नसकेपछि मध्यराति काठमाडौँ फिर्ता भएको छ।
    गन्तव्यमा अवतरण हुन नसकेपछि जहाज काठमाडौँ फर्कदा यात्रु अलपत्र परेका छन्। सो जहाजमा रहेका सञ्चारकर्मी रोयल आचार्यले जहाज अवतरण हुन नसकी काठमाडौँ फर्कदा विमानस्थलमा केही बेर यात्रुले असन्तुष्टि जनाएको बताए।
    एयरलाइन्सका कर्मचारी सागर पौडेलले टिकट फिर्ता गर्न चाहने यात्रुको पैसा फिर्ता गर्ने र जान चाहने यात्रुलाई मंगलबार बिहानको उडानमा धनगढी पठाइने जानकारी दिए।
    उक्त जहाज धनगढीका लागि काठमाडौँबाट ९ः४५ बजे उडेको थियो। धनगढी विमानस्थल अवतरणका लागि पटकपटक प्रयास गर्दासमेत सम्भव नभएपछि राति १२ः०० बजे जहाज काठमाडौँ फिर्ता भएको थियो। उडानमा चालक दलका सदस्यसहित ८० यात्रु थिए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend