२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

प्रत्यक्ष र समानुपातिकका चार करोड मतपत्र छपाइ

प्रत्यक्ष र समानुपातिकका चार करोड मतपत्र छपाइ

मंगलवार, फाल्गुण ५ २०८२
मंगलवार, फाल्गुण ५ २०८२
  • काठमाडौं-प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक गरी चार करोड मतपत्र छपाइ सकिएको छ। 
    निर्वाचन आयोगले दिएको मतपत्र छपाइको जिम्मेवारी सोमबार साँझ सकिएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले बताए। आजदेखि सबै मतपत्र ‘प्याकेजिङ’ सकेर सम्बन्धित प्रदेशमा ढुवानी गरिने पौडेलले बताए।
    प्रत्यक्षतर्फ दुई करोड तीन लाख मतपत्र छपाइ गरिएको छ। ४२ दिनको कार्यतालिका लिएर छपाइ सुरु गरिएकामा ४० दिनमै सकिएको उनले जानकारी दिए। अब १० दिनभित्र सबै जिल्लामा मतपत्र पठाउने तयारी छ। 
    केन्द्रले दैनिक १३ देखि १५ लाख मतपत्र छपाइ गर्दै आएको थियो। यस अघि १० लाख नमूना मतपत्र छपाइ सकेर आयोगले विभिन्न ठाउँमा पठाइसकेको छ। 
    त्यस्तै, समानुपातिकतर्फका दुई करोड आठ लाख ३० हजार मतपत्र यसअघि छापिएका थिए। समानुपातिक मतपत्र जिल्लामा पठाउने काम भइरहेको केन्द्रले जनाएको छ। 
    कर्णाली र सुदूरपश्चिममा सबै मतपत्र पुगिसकेको र बाँकी क्षेत्रमा पनि १० दिनभित्र मतपत्र पु¥याउने गरी काम भइरहेको प्रबन्ध निर्देशक पौडेलले बताए। प्रतिनिधि सभाको निर्वाचन फागुन २१ गते तय गरिएको छ। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend