२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

चुनाव विथोल्ने खोजेको अभियोगमा नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ

चुनाव विथोल्ने खोजेको अभियोगमा नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ

मंगलवार, फाल्गुण ५ २०८२
मंगलवार, फाल्गुण ५ २०८२
  • काठमाडौ-निर्वाचन बिथोल्ने अभियानमा रहेको आरोपमा नेकपा बहुमतका महासचिव धर्मेन्द्र बास्तोलालाई प्रहरीले पक्राउ गरेको छ। निर्वाचन बिथोल्ने गतिविधि गरेको आरोपमा मंगलबार दिउँसो काठमाडौँको टेबहालबाट उनलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ। 
    पार्टीले निर्वाचन बहिष्कार घोषणा गर्दै विरोधका कार्यक्रम अघि बढाएको छ। यो पार्टीका अन्य नेतालाई पनि प्रहरीले निगरानीमा राखेको छ। 
    यसअघि यस्तै गतिविधिमा लागेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई पनि प्रहरीले पक्राउ गरेको छ। उनलाई पनि जिल्ला प्हरी परिसर काठमाडौँको हिरासतमा राखिएको छ। 
    उनलाई जिल्ला प्रशासन कार्यालयले चार दिन हिरासतमा राख्न अनुमति दिएको छ। यसअघि पक्राउ पर्दा सरकारी वकिल कार्यालयले म्याद थप नगर्ने निर्णय गरेको थियो। प्रसाईँलाई पनि कारबाही गर्न निर्वाचन आयोगले प्रहरीलाई पत्र पठाएको थियो। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend