२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

अमेरिकी आक्रमणको धम्कीपछि रुस र इरानको संयुक्त नौसेना अभ्यास

अमेरिकी आक्रमणको धम्कीपछि रुस र इरानको संयुक्त नौसेना अभ्यास

शुक्रवार, फाल्गुण ८ २०८२
शुक्रवार, फाल्गुण ८ २०८२
  • काठमाडौं-रुस र इरानले बिहीबार ओमानको सागर र उत्तरी हिन्द महासागरमा संयुक्त नौसेना अभ्यास गरेका छन्। संयुक्त अभ्यासका प्रवक्ता रियर एडमिरल हसन मग्सुदलुले अभ्यासको उद्देश्य सुरक्षा बढाउनु र समुद्री सहयोगलाई सुदृढ पार्नु रहेको बताएका छन्।
    बीबीसीका अनुसार यो संयुक्त अभ्यास यस्तो समयमा भएको हो, जतिबेला अमेरिकाले इरानमा आक्रमण गर्ने धम्की दिइरहेको छ। अमेरिकाले इराननजिकै युद्धपोत पनि तैनाथ गरेको छ। यद्यपि दुई देशबिच ुअप्रत्यक्षु वार्ता पनि जारी छ।
    रुसले बिहीबार भनेको छ( अमेरिकाले मध्यपूर्वमा सैन्य संसाधन तैनाथ गरेका कारण इरानआसपास तनाव पहिलेभन्दा बढेको छ। साथै रुसले इरान र अन्य पक्षलाई संयम र सावधानी अपनाउन अपिल पनि गरेको छ।
    उल्लेखनीय छ( रुस र इरानबिच रणनीतिक साझेदारीको सम्झौता छ, तर यसमा पारस्परिक रक्षाको प्रावधान छैन।  

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend