२०८३, आश्विन ८ गते

समय लोड हुँदैछ...

जेसिबीले लडाएको ढुङ्गाले लागेर बृद्धको मृत्यु

जेसिबीले लडाएको ढुङ्गाले लागेर बृद्धको मृत्यु

शुक्रवार, फाल्गुण ८ २०८२
शुक्रवार, फाल्गुण ८ २०८२
  • खोटाङ-जेसिबीले माथिबाट लडाएको ढुङ्गाले लागेर हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित धाराखोलाका ७१ वर्षीय बलबहादुर राईको मृत्यु भएको छ ।
    सोही नगरपालिकाको वडा नं ३ च्यास्मिटारस्थित दाल्फुको भित्री सडक निर्माणका लागि लगिएको ना१क ७३४७ नम्बरको जेबिसीले माथिबाट लडाएको ढुङ्गाले राईको टाउकोमा लाग्दा घटनास्थलमै मृत्यु भएको हो ।
    घटना भएको जानकारी पाएलगत्तै खटिएको प्रहरी टोलीले जेसिबी र चालक उदयपुरको ताप्ली गाउँपालिका–२ लेखगाउँ निवासी २६ वर्षीय केवल मगरलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाहीको प्रक्रिया सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सुशान्त मिश्रले जानकारी दिए ।
    राईको शव घटनास्थलको सर्जमिन मुचुल्का गरेर परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend