२०८३, आश्विन ८ गते

समय लोड हुँदैछ...

दुई समुदायबीच झडप पछि रौतहटमा अनिश्चितकालीन कर्फ्यु

दुई समुदायबीच झडप पछि रौतहटमा अनिश्चितकालीन कर्फ्यु

शनिवार, फाल्गुण ९ २०८२
शनिवार, फाल्गुण ९ २०८२
  • रौतहट- रौतहटमा दुई समुदायबीच झडप भएपछि जारी गरिएको अनिश्चितकालीन कर्फ्यु आदेश यथावत् छ । शनिबार (फागुन ९) दिउँसो १ बजेदेखि स्थानीय प्रशासनले गौर नगरपालिका क्षेत्रमा कर्फ्यु लगाएको हो ।
    कर्फ्यु आदेशपछि पनि केही स्थानमा छिटपुट आगजनीको घटना भएको थियो । हाल स्थिति काबुमा रहेको रौतहटका सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्रकुमार यादवले बताए ।
    “कर्फ्यु छ, तर अहिले स्थिति सामान्य छ,” उनले  भने, “कर्फ्यु लगाएपछि एकछिन अलि भित्रभित्रतिर केही घटना भएको थियो । अहिले त्यस्तो छैन ।”
    दुई समुदायबीच झडपका कारण रौतहट सदरमुकाम गौर तनावग्रस्त बनेको थियो । यसक्रममा केही व्यक्ति घाइते भएका छन् । केही सवारीसाधनमा आगजनी समेत गरिएको छ । उच्छृंखल गतिविधिमा संलग्न आरोपमा हालसम्म २० जनालाई प्रहरीले पक्राउ गरेको यादवले जानकारी दिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend