२०८३, आश्विन ८ गते

समय लोड हुँदैछ...

धादिङको त्रिशूलीमा बस खस्दा मृत्यु भएका १९ जनाकै सनाखत

धादिङको त्रिशूलीमा बस खस्दा मृत्यु भएका १९ जनाकै सनाखत

सोमवार, फाल्गुण ११ २०८२
सोमवार, फाल्गुण ११ २०८२
  • धादिङ- पृथ्वीराजमार्ग अन्तरगत धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ७ चरौदी नजिक भएको बस दुर्घटनामा ३ जना विदेशी नागरिकको समेत मृत्यु भएको छ । १९ जनाको ज्यान जानेगरी सोमबार विहान भएको दुर्घटनामा मृत्यु हुने विदेशी नागरिकको पहिचान पनि खुलेको प्रहरीले जानकारी दिएको छ।
    जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रकाश दाहालका अनुसार बेलायतका २४ वर्षीय स्टीवर्ट डोमिनिक इथान, ३४ वर्षीय चिनियाँ नागरिक जियाङ चोनुम र भारत, उत्तर प्रदेश प्रान्त, बसहरी बहराइच घर भएका वर्ष ३२ का मनीष शुक्ला रहेको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी डिएसपी प्रकाश दाहालले जानकारी दिए ।
    पोखराबाट काठमाडौंतर्फ आउदै गरेको बेला रातको करिब १ बजे पृथ्वीराजमार्गको चरौदी नजिक सडकमा अनियन्त्रित भएर करिब १०० मिटर तल त्रिशूली किनारमा खसेको थियो दुर्घटनामा मृत्यु हुनेहरु सवैको सनाखत भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । 
    दुर्घनामा मृत्यु भई सनाखत भएका नेपालीहरु 
    १ कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं ३० बस्ने अन्दाजी वर्ष ४० का विवेक बस्तोला
    २ स्याङ्जा जिल्ला वालिङ–१४ घर भई हाल जिल्ला काठमाडौं, नागार्जुन नगरपालिका वडा नं ६ बस्ने वर्ष ६३ का चन्द्र बहादुर कुँवर
    ३ तनहुँ जिल्ला व्यास नगरपालिका वडा नं ४ बस्ने अन्दाजी वर्ष ४० का ओम कुमार मल्ल
    ४ धादिङ जिल्ला साविक सल्यानकोट–८ हाल त्रिपुरासुन्दरी गाउँपालिका–४ बस्ने अन्दाजी वर्ष ३० का इन्जिनियर ठकुरी
    ५ तनहुँ जिल्ला शुक्लागण्डकी नगरपालिका–७, मालेबगर बस्ने अन्दाजी वर्ष ५५ की विष्णु माया ढकाल
    ६ काठमाडौं जिल्ला काडमाडौ महानगरपालिका बौद्ध टुसाल बस्ने अन्दाजी वर्ष ४२ का लोबसाङ गोले
    ६ तनहुँ जिल्ला भीमनगर नगरपालिका वडा नं ६ बस्ने अन्दाजी वर्ष ४६ का हरि प्रसाद सिग्देल
    ८ पाल्पा जिल्ला तानसेन नगरपालिका वडा नं २ बस्ने अन्दाजी वर्ष ५५ का नबिन्द्र श्रेष्ठ
    ९ तनहुँ जिल्ला शुक्लागण्डकी गाउँपालिका वडा नं ७ बस्ने वर्ष ६३ का रुद्र प्रसाद ढकाल
    १० तनहुँ जिल्ला शुक्लागण्डकी गाउँपालिका वडा नं २ बस्ने वर्ष २० की अर्चना पौडेल
    ११। कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं १४, चाउथे बस्ने वर्ष २१ की अञ्जली क्षेत्री
    १२ कास्की जिल्ला माछापुच्छ्रे गाउँपालिका वडा नं ३ बस्ने वर्ष २१ का रोहित नेपाली
    १३ स्याङ्जा जिल्ला पुतलीबजार नगरपालिका वडा नं ६ बस्ने वर्ष ४५ का धनश्याम सुवेदी
    १४ काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं ३२, बुद्धनगर बस्ने वर्ष ३३ की अनिशा महर्जन
    १५ मोरङ जिल्ला उर्लाबारी–१ स्थायी ठेगाना भएकी वर्ष २७ की हिरा चौधरी
    १६ जिल्ला कास्की, पोखरा महानगरपालिका वडा नं। १९ बस्ने वर्ष २६ का सुजित नेपाली

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend