२०८३, आश्विन ८ गते

समय लोड हुँदैछ...

एमालेका कार्यकर्ताले झापामा पत्रकार कुटे

एमालेका कार्यकर्ताले झापामा पत्रकार कुटे

बिहिवार, फाल्गुण १४ २०८२
बिहिवार, फाल्गुण १४ २०८२
  • विराटनगर-एमालेका कार्यकर्ताहरुले चुनावको समाचार संकलनका लागि पुगेका पत्रकारमाथि भौतिक आक्रमण गरेका छन । विराटनगरका पत्रकार अर्जुन आचार्यमाथि समाचार संकलनका क्रममा भएको भएको भौतिक आक्रमणप्रति नेपाल पत्रकार महासंघ मोरङले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै घटनाको घोर निन्दा गरेको छ।
    बिहीबार झापाको कमल गाउँपालिकामा चुनावी रिपोर्टिङका क्रममा फोटो र भिडिओ लिइरहेका बेला नेकपा (एमाले) का कार्यकर्ताहरूले पत्रकार आचार्यमाथि सांघातिक आक्रमण गरेका थिए। उक्त आक्रमणबाट पत्रकार आचार्यको आँखा, गाला र ढाडमा चोट लागेको महासंघले जनाएको छ। 
    राजनीतिक दलका कार्यकर्ताबाट गरिएको यस्तो गैरराजनीतिक व्यवहारले लोकतन्त्रको उपहास र प्रेस स्वतन्त्रताको हनन भएको महासंघले ठहर गरेको छ। महासंघका सचिव नेत्र पी अधिकारीद्वारा जारी प्रेस विज्ञप्तिमा पत्रकार माथिको आक्रमण निन्दनीय र प्रेस विरोधी भएको उल्लेख गर्दै यस्ता हर्कतले प्रेस स्वतन्त्रतामाथि नै गम्भीर धक्का पुर्‍याउने बताइएको छ।
    महासंघले यस घटनामा संलग्नहरूलाई तत्काल पहिचान गरी आवश्यक कानुनी कारबाही गर्न महासंघले स्थानीय प्रशासनसँग जोडदार माग समेत गरेको छ।
    आगामी दिनमा पत्रकारमाथि यस्ता हिंसात्मक व्यवहार नदोहोरिने सुनिश्चित गर्न र प्रेस स्वतन्त्रताको सम्मान गर्दै पत्रकारलाई निर्बाध रूपमा काम गर्ने वातावरण बनाइदिन महासंघले सम्बन्धित सबै पक्षको विज्ञप्ति मार्फत ध्यानाकर्षण गराएको छ।
    पत्रकारहरूको स्वतन्त्रता सुनिश्चित गर्नु र अधिकारलाई सुरक्षित राख्नु लोकतन्त्रको आधारभूत आवश्यकता भएको उल्लेख गर्दै महासंघले घाइते पत्रकार आचार्यको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ।
    रातोपाटीमा कार्यरत पत्रकार आचार्य विराटनगरमा बस्छन्। उनी झापा क्षेत्र नम्बर ५ मा रिपोर्टिङको सिलसिलामा गएको बताइएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend