२०८३, आश्विन ८ गते

समय लोड हुँदैछ...

कास्कीमा शुक्रबार राति १२ वजेपछि रक्सी बेच्ने र खानेलााई कार्वाही गरिने

कास्कीमा शुक्रबार राति १२ वजेपछि रक्सी बेच्ने र खानेलााई कार्वाही गरिने

शुक्रवार, फाल्गुण १५ २०८२
शुक्रवार, फाल्गुण १५ २०८२
  • पोखरा-कास्कीमा आज राति १२ बजेदेखि रक्सी पिउन र बिक्री वितरण गर्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी जिल्लाभर मदिराजन्य पदार्थको विक्री वितरण, ओसारपसार र सेवन गर्न रोक लगाएको हो ।
    आसन्न फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन यस्तो निर्णय गरेको प्रशासनले जनाएको छ । आजदेखि बन्द भएको कारोबार निर्वाचनको अन्तिम मतपरिणाम घोषणा नहुँदासम्म कायम राख्न भनिएको छ ।
    प्रशासनले निर्वाचन सुरक्षा निर्देशिका तथा निर्वाचन आयोग र जिल्ला सुरक्षा समितिको निर्णयका आधारमा सूचना जारी गरेको हो । निर्वाचन अवधिमा शान्ति सुरक्षा कायम राख्न होटल व्यवसायी, मदिरा व्यवसायी, राजनीतिक दल र सबै सर्वसाधारणसँग सहयोगको अपिल गरेको छ ।
    सूचनाको बर्खिलाप हुने गरी गतिविधि गरेको पाइएमा सुरक्षा निकायबाट सूक्ष्म निगरानी गरी कानुनी कारबाही गर्ने चेतावनी दिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend